पूर्वोत्तर रेलवे सेवामा आज अझ दुईवटा ट्रेन जोडियो

Murmu_PTI.jpg

अगरतला: आजदेखि पूर्वोत्तर रेलवे सेवामा अझ दुइवटा ट्रेन जोडिएको छ। गुवाहाटीबाट कोलकता जाने ट्रेनलाई अगरतलासम्म बढाइएको छ। अर्कोतिर, अगरतलाबाट जिरीबाम (मणिपुर) सम्म जनशताब्दी एक्सप्रेसलाई विस्तार मणिपुरको खोंगसांगसम्म गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मुले बिहीवार अगरतला रेलवे स्टेशनमा दुईवटै ट्रेनलाई हरियो झण्डा देखाएर प्रस्थान गराइन्।
मणिपुरमा रेल कनेक्टिभिटीलाई अझ बढाउन पूर्वोत्तर सीमान्त रेलवेले अगरतला र जिरीबामबिच चल्ने जनशताब्दी एक्सप्रेस ट्रेनलाई मणिपुरको खोंगसांगसम्म चलाउने निर्णय लिएको छ। यो ट्रेन १४ अक्टोबरदेखि हप्तामा तीन दिन सोमवार, बुधवार र शुक्रवार चल्नेछ। यस खण्डको निर्माण जिरीबाम-इम्फाल नयॉं लाइन परियोजना अन्तर्गत गरिएको हो। ३०० किलोमिटरको दूरत्व सडक मार्गद्वारा तय गर्न १५ घण्टा समय लाग्ने गर्दछ भने अब ट्रेनबाट केवल ७ घण्टामा पुरा गर्न सकिने छ।

जनशताब्दी एक्सप्रेसको नयॉं लिंकमा यात्रीहरूको निम्ति हाफम्यान बुश कोचसहित आधुनिक सुविधाहरू छन्। ट्रेनमा एउटा विस्टाडोम कोच पनि लगाइएको छ। पहिलो विशेष ट्रेन संख्या ०२०९७ अगरतला रेलवे स्टेशनबाट बिहीवार बिहान ९ बजी प्रस्थान गरियो जुन आज सॉंझ ६ बजी खोंगसांग पुग्ने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement