खरसाङ: खरसाङ शहरदेखि उकालो डाउहिलतिर जाने सड़कको अवस्था धेरै जीर्ण बनेपछि उक्त सड़क भएर मानिसहरूलाई यातायात गर्न निक्कै असुविधा भएपछि आफ्नो आक्रोश व्यक्त गर्दै भाजपाका स्थानीय कार्यकर्ता राजेश गजमेरले यसको दोष सोझै खरसाङ नगरपालिका, जीटीए व्यवस्था अनि सम्बन्धित विभागलाई दिएका छन्। तिनले विगत धेरै समयदेखि यो सड़कको अवस्था जीर्ण भए तापनि यसको मर्मति गर्न नत खरसाङ नगरपालिका अघि आए नत जीटीएका सभासद् औ सम्बन्धित विभाग भन्दै यो सड़कको अवस्था यस्तो जीर्ण भएको कारण मानिसहरूलाई धेरै असुविधा भएको जनाएका छन्। यस सड़क भएर दिनहुँ नगरपालिकाका प्रतिनिधिहरू लगायत जीटीएका नव निर्वाचित सभासद्हरू, महकुमा अधिकारी, बन विभागका अधिकारीहरू, विभिन्न विद्यालयका शिक्षक-शिक्षिकाहरू तथा उच्च अहोदाका व्यक्तिहरू हिँड़ने गरे तापनि तर सड़कको अवस्थामाथि कसैको आँखा नपरेको गजमेरले दु:ख व्यक्त गर्दै अविलम्ब सड़कको मर्मति गरिदिने माग गरेका छन्।









