अम्बटे चियाबारीको लागि प्रताप छेत्री हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको संयोजक नियुक्त

IMG-20221013-WA0228.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिद्वारा खरसाङमा पत्रकार सम्मेलन बोलाएर आज हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको अम्बटे युनिटको संयोजकको रूपमा प्रताप छेत्रीलाई चयन गरिएको जानकारी गराएका छन्। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, उप सभापति किशान लेप्चा र सचिव भक्तिमान तामाङले खरसाङको पार्टी कार्यालयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशन र हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय समितिको सल्लाहमा प्रताप छेत्रीलाई अम्बटे चियाबारीको लागि संयोजक पदमा नियुक्त गरिएको र आगामी १५ दिनभित्रमा अम्बटे चियाबारीकट यूनिट कमिटी गठन गर्ने निर्देशन दिएको पनि बताएका छन्।

हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले जानकारी गराउँदै अम्बटे चियाबारीमा कुनै कमिटी नभएकोले श्रमिकहरूको समस्याहरू र अन्य कतिपय कार्यहरू नभएको कारणले प्रताप छेत्रीलाई संयोजक नियुक्त गरी श्रमिकहरूको हितमा कार्य गर्नलाई निर्देशन दिएको बताएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement