गान्तोक: उत्तर सिक्किमको लाचुङ–चुङ्थाङ राजमार्गको खिदुममा शनिबार राति ८ देखि ८:३० बजेतिर भएको सडक दुर्घटनामा चालकसहित महाराष्ट्रका ५ पर्यटकको मृत्यु भएको छ। दुई ग्रुप होटलमा पुगेपछि तेस्रो ग्रुप नपुगेको भन्दै होटललाई सहयोग मागेपछि स्थानीय लाचुङ पुलिसको सहयोगमा राति अबेरसम्म खोजी शुरु गरियोl आइतबार बिहानै लाचुङ, चुङ्थाङ मङ्गन पुलिस थानाले सेनाको सहयोगमा लाचुङ होटल एसोसिएसन स्वयंसेवक, उत्तर सिक्किम चालक संघ, खिदुममा स्थानीय मानिसहरुले टायरमा धारिलो दाग देखेपछि घटनास्थलमा खोजी गर्दा गाडीको केही भग्नावशेष भेटिएको थियो। सडकदेखि करिब ६०० फिट तल झरेको भेटियोl पुलिस र स्वयंसेवी समूहको सहयोगमा शवहरु निकालिएको समाचार छl