२९ नम्बर खरसाङ गिध्द पहाड समष्टिको गौरी शंकरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा सम्पन्न

IMG-20260413-WA0102

खरसाङ: जीटीए प्रमुख अनित थापाको आफ्नै समष्टि २९ नम्बर खरसाङ गिध्द पहाड समष्टि गौरी शंकरस्थित सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा सम्पन्न भएको छ। सभामा प्रमुख अतिथिको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा उपस्थित रहेका थिए भने सभाध्यक्षको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गिध्द पहाड ब्लक कमिटीको सभापति एंव घैयाबारी ग्राम पञ्चायत एकको उप प्रधान आशिष छेत्री उपस्थित रहेका थिए। उक्त चुनावी सभामा स्वागत सम्भाषण पवन बस्नेतले राखेका थिए भने सभालाई २९ नम्बर समष्टिको सचिव भक्तिमान तामाङ र राजले सञ्चालन गरेका थिए।‌

उक्त चुनावी सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा, केन्द्रीय प्रवक्ता एंव जीटीएको‌ जनसम्पर्क अधिकारी एसपी शर्माले बीजेपीमाथि प्रहार गर्दै भने, दिल्लीको चुनावमा बीजेपीले महिलालाई हरेक महिना २५ सय दिन्छु भनेर घोषणा गरेको थियो। आज दिल्लीमा बिजेपीको सरकार छ। तर आजसम्म २५ सय त के २५ रुपियाँ पनि दिएको छैन। यसरी बीजेपीले ढाँट्ने काम गर्छ।’
सभालाई सम्बोधन गर्दै पूर्व सांसद शान्ता छेत्रीले भाजपाले विगत २० वर्षदेखि गोर्खा जातिलाई केही दिएन तर केवल ढाट्ने काम गरेको बताइन्। उनले जीटीए प्रमुख अनित थापाको राज्यकी मुख्यमन्त्रीसित राम्रो सम्बन्ध रहेको र अनित थापाको नेतृत्वमा पहाडमा विकास र शान्ति कायम रहेको बताइन्। चुनावी सभालाई २९ नम्बर खरसाङ गिध्द पहाड समष्टिको‌ सभापति प्रेमेन्द्र गुरूङ, शित्तल रसाइली आदिले पनि सम्बोधन गरेका थिए।‌ चुनावी सभाको‌ सभाध्यक्ष आशिष छेत्रीले धन्यवाद ज्ञापन गरेका थिए। यस चुनावी सभामा सभासद श्याम शेर्पा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय उपाध्यक्ष सुवास प्रधान, केन्द्रीय सदस्य समीरदीप ब्लोन, खरसाङ महकुमा समितिको सभापति सुमन बम्जन, नारी शक्ति खरसाङ महकुमा समितिकी सभापति एंव खरसाङ नगरपालिकाको चुनाव प्रभारी सबिता कार्की, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान रिना छेत्री लगायत केन्द्रीय, महकुमा, समष्टि, ब्लक कमिटी, खरसाङ टाउन कमिटीका पदाधिकारीहरु लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त चुनावी सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै २९ नम्बर खरसाङ गिध्द पहाड समष्टिको सभापति प्रेमेन्द्र गुरुङले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २९ नम्बर खरसाङ गिध्द पहाड समष्टि अन्तर्गत गिध्द पहाड ब्लकको आयोजनामा यो चुनावी सभा सम्पन्न भएको र यस चुनावी सभामा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्।

उनले यसपालीको चुनावमा यस क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले बिजय प्राप्त गर्ने कुरामा आशावादी रहेको बताएका छन्।

About Author

Advertisement