डोङ्क्या ला पास हुँदै लाचेनमा फसेका चालक तथा सवारी साधनको उद्धार

ुप1

मङ्गन: चुङथाङ–लाचेन मार्गमा सडक अवरुद्ध भएपछि लाचेनमा फसेका अधिकांश पर्यटक सवारी साधनका चालकहरूलाई दुई दिनको निरन्तर प्रयासपछि आज डोङ्क्या ला पास हुँदै लाचुङ र त्यसभन्दा बाहिर सुरक्षित रूपमा उद्धार गरिएको छ।
जानकारीअनुसार कुल ११४ सवारी साधनहरू डोङ्क्या ला हुँदै जिरो पोइन्ट–युमथाङ–लाचुङ–मङ्गन मार्ग प्रयोग गरी सुरक्षित रूपमा बाहिरिएका छन्।
मौसम अनुकूल रहेमा बाँकी चालकहरू र सवारीसाधनहरूलाई पनि भोलि वा पर्सि निकालिने तयारी गरिएको छ। उद्धार कार्यमा भारतीय सेना, भारत-तिब्बत सीमा पुलिस, सिक्किम पुलिस र सीमा सडक संगठन (बीआरओ) को सक्रिय सहभागिता रहेको थियो।
त्यसैगरी चालक संघ, लाचेन जुम्सा, होटल संघ, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहयोग र समन्वयले उद्धार कार्य सफल भएको बताइएको छ। सम्पूर्ण उद्धार कार्य प्रहरी अधीक्षक छेत्रीको निर्देशन तथा पर्यवेक्षणमा सम्पन्न भएको हो।
यसैबीच, चुङथाङका एसडीपीओ चन्दन छेत्री र जिल्ला प्रशासनका मङ्गन जिल्लापाल अनन्त जैनको समन्वयमा स्थलगत उद्धार कार्य सञ्चालन गरिएको जनाइएको छ। प्रतिकूल मौसमका बावजुद सेना, बीआरओ, सिक्किम पुलिस, आईटीबीपी र अन्य स्वयंसेवकहरूको संयुक्त प्रयासमा मार्ग पुनः सञ्चालन गरी उद्धार सफल बनाइएको हो।

About Author

Advertisement