कोरोनापछि अब त्रासदी मंकिपक्सको!

Monkeypox-4

नयाँ दिल्ली: कोरोना भाइरसपछि अहिले विश्वभर मंकीपक्स भाइरसको खतरा बढेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकीपक्स भाइरस २१ भन्दा बढी देशहरूमा फैलिसकेको छ, जसमा हालसम्म २०० भन्दा बढी पुष्टि भएका घटनाहरू छन्। अब भारतमा पनि इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले चेतावनी दिएको छ। आईसीएमआरका अनुसार साना बालबालिकामा यो रोग बढी हुने भएकाले यसका लक्षणहरू निगरानी गर्नुपर्ने हुन्छ। हाल भारतमा मंकीपक्सको एउटा पनि मामला पुष्टि भएको छैन, तर सरकार यो संक्रमणलाई लिएर उच्च सतर्कतामा छ। हालसम्म २१ देशमा मंकीपक्सका २२६ मामिला पुष्टि भएका छन्। डब्लुएचओले शुक्रबार भनेअनुसार मन्कीपक्स सामान्यतया नभेट्ने देशहरूबाट करिब १०० संदिग्ध बिरामीहरू रिपोर्ट गरिएको छ।

मंकीपक्सको संक्रमणलाई ध्यानमा राख्दै केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्यहरूलाई यस रोगका लक्षणहरू देखिएका बिरामीहरूको निगरानी गर्न निर्देशन दिन सबै राज्यहरूलाई सल्लाह दिएको छ, जो हालै मंकीपक्सबाट संक्रमित देशहरूमा गएका छन्। स्वास्थ्य मन्त्रालयले यस्ता बिरामीलाई क्वारेन्टाइनमा राख्न भनेको छ। स्रोतका अनुसार हालसम्म क्यानडा गएका एकजनालाई मंकीपक्सको संक्रमणको लक्षण देखिएपछि क्वारेन्टाइनमा राखिएको छ। नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी पुणेमा यस बिरामीको नमूना परीक्षणमा संक्रमण पुष्टि भएको थिएन। यात्रु कुन विमानस्थलमा पुगेका थिए भन्ने खुलाइएको छैन। मंकीपक्सको पहिलो मामला ७ मईमा इंग्ल्याण्डमा रिपोर्ट गरिएको थियो। इंग्ल्याण्ड, इटाली, पोर्चुगल, स्पेन, क्यानडा र अमेरिकाबाट मोन्कीपक्सका मामलाहरू रिपोर्ट गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement