मङ्पु: खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले आज मङ्पु बजार क्षेत्रमा आफ्नो चुनाव प्रचार गरेका छन्। यस अवसरमा उनले भाजपा कार्यकर्ताहरूको उत्साह, जनताको माया तथा गठबन्धनका साथीहरूको साथले भाजपाको जीत निश्चित देखिएको बताएका छन्। उनले भने, यस क्षेत्रमा धेरै समस्या छन्। विशेषगरी सिनकोना प्लान्टेशनका कामदारहरूको समस्या गम्भीर छ। मङ्पु एउटा ठूलो क्षेत्र भए पनि यहाँ फायर ब्रिगेडको सुविधा छैन। कुनै अप्रिय घटना भएमा खरसाङ वा दार्जिलिङबाट फायर ब्रिगेड बोलाउनुपर्ने अवस्था छ।

सडकको अवस्था पनि उस्तै कमजोर छ र अन्य धेरै समस्याहरू छन्, जसको समाधान म तथा आउने सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।’ मङ्पुमा आयोजित चुनाव प्रचार विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।










