दार्जिलिङ: घुम जोरबङ्गलो महाविद्यालयका विद्यार्थीहरूमाझ अनलाइन गेमिङ प्रतियोगिता आयोजना गरियो। विभिन्न सेमिस्टरका विद्यार्थीहरूलाई लिएर आयोजना गरिएको यस प्रतियोगितामा चारवटा टिमका कुल बीसजना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। नक आउट मोडमा खेलाइएको यस प्रतियोगितामा दुइ घण्टासम्म चलेको यस प्रतियोगितामा अनिशा अनि टीमले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्न सफल बने। प्रतियोगितामा विजयी दललाई ट्रफी साथै नगद राशि पनि प्रदान गरिएको थियो। वर्तमान समय इन्टरनेट टेक्नोलोजीको समय हो साथै अहिलेका युवापिडी विशेष गरेर यस क्षेत्रमा धेरै आकृष्ट भएकाले विद्यार्थीहरूलाई महाविद्यालयको व्यस्त कार्यतालिकाबाट केही समयका निमित्त छुट दिन हेतु यस प्रकारको प्रतियोगिता आयोजना गरिएको हो।

आजको यस प्रतियोगितामा प्राध्यपक फुपु वाङ्दी भुटियाले विशेष गरेर प्रतियोगिताको सञ्चालन गरेका थिए भने प्राध्यापकगण रनेस राई, जतिन थापा, सुरेन्द्र मणि प्रधान अनि सिद्धार्थ छेत्री आदिले निर्णायकको भूमिका निर्वाह गरेका थिए। महाविद्यालयका कोअडिनेटर श्रीमती हिमाञ्जली तामाङले आजको कार्यक्रमको अध्यक्षता गरेकी थिइन्।









