मेरो प्रतिस्पर्धा सातैजनासित हुनेछ।‌ तर मेरो लागि च्यालेञ्च भनेको मैले दिएको आश्वासनहरु पूरा गर्नु ठूलो च्यालेञ्ज हुनेछ: अमर लामा

IMG-20260411-WA0122

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले आफ्नो जीतप्रति आशावादी रहेको बताएका छन्। उनले आफ्नो जीत पक्का पक्की रहेको दाबी गर्दै खरसाङ विधानसभा समष्टिको १६ वटै समष्टिहरुमा चुनावी प्रचार प्रसार र चुनावी सभाहरूमा सबैबाट राम्रो रेस्पोन्स पाएकोले आफु जीतप्रति आशावादी रहेको बताएका‌ छन्। उनले खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै भने, चुनावपछि मलाई खरसाङका जनताले सजिलै भेट्न सक्छ किनभने म खरसाङमै बस्नेछु र मेरो खरसाङमै कार्यालय हुनेछ साथै मिरिकमा पनि कार्यालय हुनेछ।’
अमर लामाले अघि भने, विधायक बनेर गएपछि विशेष गरेर चियाबारी श्रमिकहरुको निम्नत्तम रोजगारको लागि काम गर्नेछु। यसको साथै सिन्कोना बगानको श्रमिकहरुको हाजिरा वृद्धि, सिन्कोना बगानको जमीनको मालिकनामा हक दिलाउन काम गर्नेछु। डीआई फण्डको कामको कुरा छ। खरसाङमा पार्किङको समस्या समाधान गर्न काम गर्नेछु, खरसाङ महकुमा अस्पतालको अपग्रेड गर्न काम गर्नेछु, युवाहरुका लागि स्पोट्स अकादमी खोल्ने योजना छ। स्किल डेभलपमेन्ट इन्स्टिट्युट खोल्ने, रोहिणी र पेशोकमा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने, सुखे पोखरी खण्ड ठूलो भएकोले सोनादा क्षेत्रको लागि अलग्गै खण्ड बनाएर सोनादामा खण्ड कार्यालय बनाउने, सोनादामा अग्निशमन केन्द्र बनिरहेको अनि मङ्पु र तीनधारे क्षेत्रमा अग्निशमन केन्द्र निर्माण गरिने बताएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले चियाबारी श्रमिकहरुको लागि स्पेसियल टेक लिएर काम गर्ने भएका छन्। उनले विशेष गरेर चियाबारी श्रमिकहरुको लागि निम्नत्तम रोजगारको लागि आवाज उठाउने र यसलाई लागि गराउन विधानसभा‌ा पुगेर आवाज उठाउने भएका छन्। उनले श्रमिकहरुको स्वास्थ्य बीमा विषयमा कुरा चलिरहेकोले चुनावपछि कुरा उठाउने बताएका छन्। उनी बीएसी र एलएलबी गरेका एकजना शिक्षित व्यक्तित्व, अनुभवी राजनीतिज्ञ भएकोले जनताको लागि काम गर्न सक्षम हुने भएका छन्। उनले एकजना अधिवक्ताको रूपमा विगत ३७-३८ वर्षदेखि काम गर्दै आएका छन् भने उनले लामो समयदेखि श्रमिकहरुको हितको लागि पनि विभिन्न काम गर्दै आएका छन्। उनले एउटा युनियन पञ्जीकरणमा पनि गरिदिएका थिए भने चियाबारी श्रमिकहरुका लागि जोइन्ट फोरममा रहेर कार्य गर्दै आएका थिए। उनले २०१७ मा चियाबारी श्रमिकहरुको बोनसको लागि बसेको सर्वदलीय सभामा बोनस विषयमा मुख्यमन्त्रीलाई सम्झाएर बुझाएर बोनस दिलाउन सक्षम भएको पनि दावी गरेका छन्। एक प्रश्नको उत्तरमा अमर लामाले भने, आफु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव भएकोले पार्टीको सांगठनिक गतिविधिको लागि महासचिव साथै विधायकको रुपमा पनि काम गर्न तयार रहेको बताएका छन्‌। खरसाङ विधानसभा समष्टिमा यसपालीको चुनावमा सातजना उम्मेद्वारहरु चुनाउ मैदानमा उत्रिएकाले‌ कोसित बेसी प्रतिस्पर्धा हुनेछ भन्ने प्रश्नको उत्तरमा लामाले भने, प्रतिस्पर्धा सातैजनासित हुनेछ।‌ तर मेरो लागि च्यालेञ्च भनेको मैले दिएको आश्वासनहरु पूरा गर्नु ठूलो च्यालेञ्ज हुनेछ।’

About Author

Advertisement