पानीहाटी: खडदह पुलिस थानाअन्तर्गतको पानीहाटीको एन्जल नगर क्षेत्रमा केही समाज विरोधीले तत्वले पहिला बम विष्फोट गरे। यसपछि बीटी रोड मातरंगी भवन नामक तृणमूल कार्यालयमा पनि बम विष्फोट गरायो, जसका कारण उक्त क्षेत्रमा तनाव सृजना भएको छ। खडदह थानाका पुलिसले उनीहरुलाई समाउन गए, तर पुलिसको गाडीलाई धकेलेर आरोपीहरु भागे। पुलिसले उक्त क्षेत्रमा केही बम बरामद गरेको छ। पानीहाटीको आठ नम्बर वार्डमा उपचुनाव हुन लागेको र त्यसअघि नै यस क्षेत्रमा तनाव फैलिएको भन्दै विभिन्न आरोप–प्रत्यारोपसमेत भइरहेका छन्। तृणमूलले चुनावअघि नै केही व्यक्तिले वातावरण बिथोल्ने प्रयास गरेको आरोप लगाएको छ। अहिले खडदह पुलिस थानाले घटनाको अनुगमन गरिरहेको छ।