विवेक तामाङ पुनः आईजेजीएफमा सामेल हुँदै बन्दना राईलाई गरे समर्थन

IMG-20260407-WA0074

खरसाङ: एक महिनाको वनवासपछि विवेक तामाङ पुन फर्के इण्डियन गोर्खा जनशक्ति फ्रन्टमा। गत मार्च महिनाको ५ तारिख कतिपय कारणले विवेक तामाङले इण्डियन गोर्खा जनशक्ति फ्रन्टको केन्द्रीय कार्यकारिणी सदस्यदेखि साधारण सदस्यबाट पनि राजीनामा दिएका थिए। उनको यस निर्णयपछि धेरैले विवेक तामाङ भारतीय गोर्खा प्रजान्त्रिक मोर्चामा जाने अड्कल काटे पनि एक महिना चुपचाप बसेपछि आज अचानक तिनले फेरि आईजेजीएफमा पुनः सामेल हुने निर्णय गरे। फेरि आईजेजीएफमा सामेल हुनको कारणबारे जान्न खोज्दा विवेक तामाङले यस घरि पहाडमा केवल आईजेजीएफ मात्र एउटा पार्टी रहेको छ जसले क्षेत्रवादको कुरा गर्छ अनि मेरो विचारमा क्षेत्र बाँचे, जाती बाँच्छ अनि त्यसरी नै जाती बाँचे हाम्रो मुद्दाl एउटा नयाँ परिवर्तनको सोंचको साथ यसपाली खरसाङ विधानसभा सिटमा आईजेजीएफले जून अधिवक्ता वन्दना राईलाई उठाएको छ, त्यसप्रति पूर्ण समर्थन रहेको पनि विवेक तामाङले बताएका छन्।

About Author

Advertisement