२९ मईः वर्तमान अमेरिकी ओपन च्याम्पियन तथा दोस्रो वरीयता प्राप्त डेनिल मेदवेदेवले फ्रेञ्च ओपन टेनिस ग्राण्ड स्ल्यामको पुरुष एकल वर्गमा जबकि शीर्ष वरीयता प्राप्त तथा पूर्व रोलाँ ग्यारो च्याम्पियन इगा स्वियातेकले महिला एकल वर्गको चौथो राउण्डमा प्रवेश गरे। यसबीच महिला एकलमा पाउला बडोसा र आर्यना सबालेंका चाहिँ उलटफेरको शिकार भइन्। रुसका खेलाड़ी मेदवेदेवले लगातार दोस्रो साल चौथो राउण्डमा स्थान बनाए। उनले मिमोर केसमानोविच (२८औं ऱ्यांकिंग) विरुद्ध ६-२, ६-४, ६-२-ले जीत हासिल गरे। प्री क्वार्टर फाइनलमा उनको भिड़न्त २०१४-का अमेरिकी ओपन विजेता मारिन सिलिच र फ्रान्सका वाइल्ड कार्डबाट प्रवेश पाउने जाइल्स सिमोनबीच खेलिने म्याचको विजेतासँग हुनेछ।

यसरी नै विश्वकी नम्बर एक महिला एकल खेलाड़ी स्वियातेकले आफ्नो लगातार ३१औं म्याचमा जीत दर्ता गर्दै चौथोपल्ट रोलाँ ग्यारोको चौथो राउण्डमा प्रवेश गरिन्। साल २०२०-मा फ्रेञ्च ओपन जित्ने स्वियातेकले डानका कोविनिचलाई ६-३, ७-५-ले पराजित गरिन्। प्री-क्वार्टर फाइनलमा उनको सामना चीनकी झेंग किनवेनसँग हुनेछ। यसरी नै पुरुष एकलमा ११औं वरीयता प्राप्त जानिक सिनरले तेस्रो राउण्डमा मेकी म्याकडोनाल्डलाई ६-३, ७-६, ६-४-ले पराजित गरे। अब उनको सामना रुसका आन्द्रे रुबलोवसँग हुनेछ, जसले क्रिस्टियन गारिनको चुनौतीलाई ६-४, ३-६, ६-२, ७-६-ले समाप्त गरे। महिला एकल वर्गमा शीर्ष १५-मा रहने खेलाड़ीहरूमा स्वियातेक र जेसिका पेगुलाको रूपमा केवल दुईजना खेलाड़ी बाँचेकी छन्।

अमेरिकाकी ११औं वरीयता प्राप्त पेगुलाले २०२१-मा सेमिफाइनलमा पुग्ने स्लोवेनियाकी तमारा जिदानसेकलाई ६-१, ७-६-ले पराजित गरिन्। प्री-क्वार्टर फाइनलमा उनले इरिना केमेलिया बेगू विरुद्ध खेल्नेछिन्। तेस्रो नम्बरकी खेलाड़ी बडोसाले स्वास्थ्य सम्बन्धी समस्याहरूले गर्दा म्याचबाट हट्नु पऱ्यो। त्यस समय उनी २९औं नम्बरकी खेलाड़ी वेरोनिका कुदेरमेतोवा विरुद्ध ६-३, २-१-ले पछि रहेकी थिइन्। यसबाहेक सबालेंकालाई केमिला जर्जीले ४-६, ६-१, ६-०-ले पराजित गरिन्। बडोसा झैं फ्रान्सकी एलिजे कोर्नेट पनि चोटले गर्दा झेंग विरुद्ध म्याच छोड़्न वाध्य भइन्। त्यस समय उनी म्याचमा ६-०, ३-०-ले अघि रहेकी थिइन्।