गेजिङमा जिल्लास्तरीय युवा महोत्सव कार्यक्रम सम्पन्न

IMG-20221012-WA0339.jpg

गान्तोक: नेहरू युवा केन्द्र गेजिङ पश्चिम सिक्किमको आयोजनामा आज गेजिङ सामुदायिक भवनमा जिल्ला स्तरीय युवा महोत्सव कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रमका मुख्य अतिथि सिक्किम औद्योगिक विकास निगम (सीडीको) अध्यक्ष जनक गुरूङ रहेका थिए भने साथमा जन स्वास्थ्य तथा अभियान्त्रीकी विभागका अध्यक्ष हरिनारायण सुवेदी, मुख्य मन्त्रीका अतिरिक्त राजनीतिक सचिव मधुसूदन शर्मा, गेजिङ नगर पञ्चायत सभापति देवेन्द्र शर्मा,खण्ड विकास अधिकारी बीजय कुमार सुब्बाको उपस्थिति रहेको थियो। कार्यक्रमको पहिलो चरणमा स्व पूरण छेत्री पूर्व जिल्ला समञ्वयककाे निधनमा दुई मिनट माैनधारणवाट शुरूवात भएको कार्यक्रममा गेजिङ नेहरू युवा केन्द्रका जिल्ला युवा समञ्वयक देव नेपालले यस कार्यक्रम वारे जानकारी दिदै यो जिल्ला स्तरको प्रतियोगीतावाट चयन भएका प्रतियोगीहरूले राज्य र राष्ट्रिय स्तरको प्रतियाेगीतामा मैका पाउने बताए। यसमा फोटाेग्राफी,युवा संवाद,संस्कृति नृत्य, आदि समावेश गरिएको बताए।
यस कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्य अतिथि जनक गुरूङले भारत सरकारकाे युवा एवं खेलकुद मन्त्रालय अधिनस्त नेहरू युवा केन्द्रले आयाेजना गरेको युवा संवाद कार्यक्रमवाट गेजिङ जिल्लाका धेरै युवाहरूले आफ्नो सहभागीता जनाएकाेमा धन्यवाद व्याक्त गर्दै कुनै यहाँवाट युवाहरूले धेरै कुरा सिक्ने सुअवसर मिलेको बताए। कार्यक्रम पछि त्यसको सकारात्मक परिणाम आउनुपर्ने हुन्छ र त्यही आशाका साथ जति पनि सहभागी महाविद्यालय, विधालय, संघ संस्थाहरूले शीघ्र राम्रो सन्देश राज्य र राष्ट्रिय स्तरवाट पनि ल्याउन अग्रीम बधाई दिए।सरकारकाे कुनै पनि याेजनाहरू हुन्छ त्यो स्थानीय नागरिकहरूकाे पक्षमा हुने भएको कारण यसको फाइदा युवा पुस्ताहरूले लिइ दिने अनुरोध गरे। आजको कार्यक्रममा विभिन्न स्रोधवक्ताहरूले आ-आफ्नो विषय माथि जानकारी दिएका थिए। स्रोतवक्ताको रूपमा रहेका एसआईआरडीका निर्देशक विशाल मुखियाले युवा संवाद भारत जीडीपी २०४७ माथि जानकारी दिए। अन्तमा प्रतियाेगीतामा सहभागीहरूलाई प्रमाण पत्र एवं पारितोषिक पनि वितरण गरिएयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement