गान्तोक: सारथी संगठनका प्रमुख स्रोतवक्ता एवम मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराजले एसडीएफ पार्टीका अरूण लिम्बूद्वारा दिएको वयानको तीब्ररूपमा खण्डन गरे। आज राजधानीस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महाराजले एसकेएम पार्टी सत्तामा आएपछि राज्यमा अपराधिक मामिलामा केही कमी आएको दावी गरे।तर एसडीएफ पार्टीका प्रवक्ता लिम्बूले कुनै अध्ययन नगरी राज्यका सोझा जनतालाई दीगभ्रमित तुल्याएको जानकारी गराए। विशेष गरेर वर्ष २०१७ मा राज्यभरिमा १५८ वटा मुद्दा साडा एक्ट अन्तर्गत दर्ता गरिएको थियो भने सोही प्रकारले २०१८ मा ११३ वटा मुद्दा दर्ता गरिएको थियो। तर एसकेएम पार्टी सरकारमा आएपछि वर्ष २०१९ मा कूल ७९ वटा साडा एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको थियो भने २०२० मा ४३ वटा, २०२१ मा ४० वटा र २०२२ को अहिलेसम्म ५१ वटा साडा एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यसरी एसडीएफ र एसकेएम पार्टीको सरकारको कार्याकालमा भएको मुद्दालाई तुलना गर्ने हो भने एसकेएम पार्टीको कार्यकालमा साडाको मुद्दा घटेर गएको पुलिसद्वारा प्राप्त आंकडमा उल्लेख गरिएको छ। एसडीएफको कार्यकालमा गठन भएको साथी संगठनले सारथी संगठनले छोटो अवधिमा जति परिणाममुलक काम गऱ्यो त्यस भन्दा कम गरेको उनले किटान गरे। साथीले गरेको कामको परिणाम सोचे अनुरूप राम्रो नभएको उल्लेख गर्दै सारथी संगठनले उक्त संगठनको तुलनमा अति नै सराहानीय कार्य गर्दै आइरहेको जानकारी गराए। लिम्बूले सारथी संगठनको गतिविधिमाथि औंला उठाउनु भन्दा अघि राम्रोसँगले संगठनले गरेको कार्यबारे अध्ययन गर्नु पर्ने महाराजले सुझाउ दिएका छन्। उनले थप जानकारी गराए अनुसार वर्तमान सरकार नशालु पदार्थमाथि धेरै गम्भीर रहेको कारण यसको मामिलामा केही कमी आएको हो। पुलिसले इमान्दारपूर्वक आफ्नो कार्य गर्दै आइरहेको फलस्वरूप अहिले राज्यमा ड्रग्सको मामिलामा केही कमी आएको उनको भनाइ रहेको छ। संगठनले विशेष गरेर तीनवटा मुद्दालाई प्राथमिकता दिएर काम गर्दै आइरहेको छ, जसमा आत्महत्या, नशालु पदार्थ र संस्कार रहेको छ। यस अवसरमा संगठनका केन्द्रीय महासचिव प्रविण ढुङ्गेल र पूर्व जिल्लाका महासचिव विशाल पोख्रेलले पनि सम्बोधन गरेका थिए।