पञ्चायत चुनाउको घोषणालाई स्वागत

4a95a8acc0ae8ebc4cf5e40927ce63fd.webp

गान्तोक: पञ्चायत चुनाउको घोषणालाई एसडीएफ पञ्चायत प्रकोष्ठले स्वागत जनाएको छ। एसडीएफ पञ्चायत प्रकोष्ठका महासचिव उमाकान्त शर्माले विज्ञप्तिमा भनेका छन्, चुनाउको आरक्षण प्रक्रिया एसडीएफ सरकारकालबाट प्रारम्भ भएको प्रक्रिया हो। वर्तमान सरकारले यस प्रक्रियाअनुरुप नै चुनाउ सम्पन्न गराउने भएको छ। यसका निम्ति सम्पूर्ण सिक्किमेली जनताका पक्षबाट एसडीएफ पार्टी सरकारलाई कृतज्ञता प्रकट गर्दछ।
पञ्चायत चुनाउ निर्दलीय सम्पन्न गराउने सत्तारूढ़ एसकेएम सरकारको निर्णयबारे उनले भनेका छन्, एसकेएम सरकारले विगत तीन वर्षदेखि जनतालाई झूट बोल्दै आइरहेको छ। आफ्ना वाचा र बन्धनहरू पुरा गर्न पूर्ण रूपले विफल बनिरहेको छ। त्यसर्थ पञ्चायत चुनाउ निर्दलीय गराउने सरकारको निर्णय यस चुनाउमा निश्चित रूपमा कार्यान्वित हुनुपर्छ। किनभने एसकेएम सरकारले आफ्नो निर्णयअनुसार नै विगत नगर पञ्चायत चुनाउ निर्दलीय रूपमा सम्पन्न नगराएको सत्यता जगजाहेर छ। नगर पञ्चायत चुनाउमा एसकेएम पार्टीको प्रशस्तै हस्तक्षेप थियो। ‘निर्दलीय’ भन्ने निर्णय केवल कागजी रूपमा मात्र थियो।
उनले अझ भनेका छन्, एसकेएम पार्टीका नेता-नेतृ तथा कार्यकर्तागणको अनुचित दबदबा नगर पञ्चायत चुनाउमा अति धेरै थियो। त्यसबेला पनि एसकेएम सरकार आफ्नो निर्णयमा चुकेको थियो। कथनीमा एउटा करनीमा अर्कै एसकेएमको दोग्ला प्रवृत्ति त्यसबेला पनि चरितार्थ भएको थियो। त्यस दुर्भाग्यपूर्ण कृत्यलाई सम्झना गराउँदै पञ्चायत चुनाउ एसकेएम सरकारले आफ्नो निर्णयअनुसार पार्टीको हस्तक्षेपबिना निष्पक्ष रूपमा सम्पन्न गराउनुपर्छ भनी उनले माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement