आईपीएलमा पहिलो जीत हासिल गर्न सफल एलएसजी

IMG-20260405-WA0085

हैदराबाद: लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-ले आईपीएल २०२६-को दशौं म्याचमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गऱ्यो। आईपीएलको नयाँ सीजनमा एलएसजी-को यो पहिलो जीत हो। यसरी सनराइजर्सको यो ३ वटा म्याचमा दोस्रो हार हो। राजीव गान्धी इण्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्स हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनायो। त्यसपछि एलएसजी-ले १९.५ ओभरमा ५ विकेटमा १६० रन बनाएर जीत दर्ता गऱ्यो। पहिला ब्याटिंग गर्दै सनराइजर्सले केवल २६ रनमा ४ विकेट गुमायो। मोहम्मद शमीको अगुवाईमा बलरहरूले सनराइजर्सको शीर्ष क्रमलाई तहसनहस पारे। अभिषेक शर्मा खाता नखोली आउट भए जबकि ट्रेविस हेड केवल ७ रन बनाएर आउट भए। कप्तान इशान किशन केवल १ रन बनाए जबकि लियाम लिविंगस्टोनले १४ रनको योगदान दिए। यसरी सनराइजर्सले १० ओभरमा ४ विकेट गुमाएर केवल ३५ रन बनाएको थियो। त्यसपछि सनराइजर्सको निम्ति क्लासेन र रेड्डीले जिम्मेवारीको साथ ब्याटिंग गरे। यी दुईजनाको आक्रामक ब्याटिंगले गर्दा नै सनराइजर्सले अन्तिम १० ओभरमा १२१ रन बनायो। यी दुईजनाले पाँचौं विकेटको निम्ति ११६ रनको पार्टनरशीप गरे। क्लासेनले ५ पाँचवटा चौका र २ वटा छक्काको साथ ४१ बलमा ६२ अनि रेड्डीले ५ वटा छक्का र ३ वटा चौकाको साथ ३३ बलमा ५६ रन बनाए। एलएसजी-का बलरहरूमा मोहम्मद शमी, प्रिन्स यादव र अवेश खानले पनि २-२ विकेट लिए गरे। प्लेयर अव् द म्याच शमीले आफ्नो ४ ओभरमा केवल ९ रन खर्च गरे।
त्यसपछि चुनौतीपूर्ण लक्ष्यलाई खेदो गर्दै एलएसजी-ले पनि मिचेल मार्शलाई चौथो ओभरमै गुमायो, जसले १४ रन बनाए। यसरी ३७ रनमा पहिलो विकेटको पतनपछि कप्तान पन्तले मोर्चा सम्हाले अनि ओपनर ऐडन मार्करमसँग मिलेर स्कोर दशौं ओभरमा ७७रनसम्म पुऱ्याए। मार्करम ४५ रन बनाएर आउट भए। उनले २७ बल खेलेर ६ वटा चौका र २ वटा छक्का लगाए। त्यसपछि एलएसजी-ले लगातार अन्तरालमा विकेट गुमाए पनि पन्त क्रीजमा अडिग रहेर टीमलाई जीत दिलाए। पन्तले ५० बलमा ९ वटा चौकाको सहायताले अविजित ६८ रन बनाए। निकोलस पूरन १ रन बनाएर रन आउट भए जबकि अब्दुल समदले १६ रनको योगदान दिए। मुकुल चौधरी २ रनमा अविजित रहे। सनराइजर्सका बलरहरूमा हर्ष दुबेले २ विकेट लिए।

About Author

Advertisement