बंगाल चुनाव: बीजेपीको पाँचौं सूची सार्वजनिक, ३ सिटमा उम्मेदवार परिवर्तन

others_0_4_8

काेलकाता: पश्चिम बंगाल विधानसभा चुनावका लागि बीजेपीले उम्मेदवारको पाँचौं सूची सार्वजनिक गरेको छ।
यस सूचीमा ५ नयाँ सिटका उम्मेदवार घोषणा गरिएको छ।
साथै, बेहला पूर्व, विष्णुपुर र बशीरहाट उत्तर गरी ३ सिटमा उम्मेदवार परिवर्तन गरिएको छ।
नयाँ सिटहरूमा कल्याणी, दमदम उत्तर, मध्यमग्राम, कृष्णानगर उत्तर र उलबेरिया पूर्व रहेका छन्।
बीजेपीले हालसम्म २९४ मध्ये २९३ सिटमा उम्मेदवार घोषणा गरिसकेको छ।
अब केवल एक सिटमा मात्र नाम आउन बाँकी छ।
बंगालमा मतदान अप्रिल २३ र २९ मा हुनेछ भने मतगणना मे ४ मा हुने तय भएको छ।

About Author

Advertisement