१५ अक्टोबरमा कुमुदिनी विद्यालयमा रक्तदान शिविर समपन्न हुने

photocollage_20221012221045987.jpg

कालेबुङ: रक्तदान नै जीवन दान हो।यसै मूलमन्त्रलाई आत्मसात गरी आगमी १५ अक्टोबरको दिन रक्त दान शिविर समपन्न हुन गइरहेको छ। कालेबुङ जिल्ला अस्पतालमा रगतको कमी साथै बढ्दो डेङ्गु संक्रमणलाई मध्यनजर गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ३५ नम्बर समष्टिको आयोजनामा अनि कालेबुङ रेडक्रस सोसाइटीको सौजन्यतामा आगामी १५ अक्टोबरको दिन यहाँको कुमुदिनी होम्स विद्यालयमा एक दिवसीय रक्तदान शिविर सम्पन्न गर्ने भएको समष्टिका संयोजक पंकज छेत्रीले आज बताएका छन्। चाँड-पर्वको खुशाली माहोल भए तापनि कालेबुङमा जुन प्रकारले डेङ्गु संक्रमण बढिरहेको छ, त्यसले आम जनतामा त्रास उतपन्न गरेकोले यस्तो अवस्थामा अस्पतालमा रगतको आवश्यकतालाई केही हदसम्म सहयोग पुर्यामउन आफुहरुको प्रयास रहेको संयोजक छेत्रीले बताएका छन्। उक्त रक्तदान शिविरमा इच्छुक सबै जनालाई उपस्थित भइदिएर आफ्नो रगत दिएर अरू कसैको प्राण बचाइदिने तिनले अपिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement