खेलमा भएका प्रारम्भिक गल्तीहरू टीमलाई निकै महॅंगो पऱ्यो: थोमस डेननरबी

GettyImages-119281058jpg-300x219.jpg

भुवनेश्वर: फीफा अन्डर १७ महिला विश्व कप भारत २०२२को पहिलो म्याचमा भारतीय टोलीले हारको सामना गन पर्यो। यसरी पहिलो म्याच नै हारेपछि भारतीय अन्डर-१७ विश्व कप टीमका कोच थोमस डेननरबीले भने, खेलमा भएका प्रारम्भिक गल्तीहरू टीमलाई निकै महॅंगो पऱ्यो।
उनले थप बताए कि, केटीहरू प्रतिद्वन्दी दलसमक्ष धेरै नर्वस देखिए। उनीहरूको निम्ति पहिलो विश्व कप म्याच थियो ।उनीहरूले यो मानसिक दबाउलाई सम्हाल्न सकेनन्। यस स्तरमा अनि यस्ता प्रतिद्वन्दीहरू विरूद्ध भावनाहरूलाई नियन्त्रित गर्न धेरै कठिन पर्छ। हामीले अहिलेसम्मकै सर्वश्रेष्ठ टीमसॅंग खेल्यौं र यो वास्तवमा हाम्रो निम्ति कठिन थियो।
अन्डर-१७ महिला विश्व कपमा भारतीय टीम आफ्नो पहिलो म्याच ८-० ले पराजित भए। कप्तान अस्तम उरांवले यूएसए विरूद्ध टीमबाट गल्ती भएको स्वीकार गरिन्। उनले भनिन्, हामीले राम्रो प्रदर्शन गर्न सकेनौं। उनीहरूको गति, उच्च दबाउको रणनीति, सबै राम्रो थियो। हामीले यस म्याचबाट धेरै शिक्षा लियौं र हामी अर्को म्याचमा ती क्षेत्रहरूमाथि काम गर्ने छौ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement