पञ्चायत चुनाउलाई लिएर पहिलो दिन केवल दुईवटा नामङ्कन भरियो

IMG_20221012_212008.jpg

गान्तोक: आगामी १० अक्टोबरको दिन सम्पन्न हुने पञ्चायत चुनाउलाई लिएर आजदेखि नामङ्कनको प्रक्रिया शुरु भएको छ। तर, आज पहिलो दिन गान्तोक जिल्लाबाट एउटा र पाकिम जिल्लाबाट एउटा गरेर दुईवटा मात्र नामङ्कन भरिएको छ। गान्तोक जिल्लाबाट १५ रे मेन्दु ग्राम पञ्चायत एकाई अन्तर्गत ७ बर्बिङ वार्डको निम्ति एक उम्मेद्वारले नामङ्कन बुझाएका छन्। उम्मेद्वारले आज सिच्छेस्थित जिल्लापाल कार्यालयमा जिल्लापाल तथा रिटर्निङ अफिसरलाई आफ्नो नामङ्कण बुझाए। उल्लेखनी छ, गान्तोक जिल्लामा कूल २३ वटा ग्राम पञ्चायत एकाईअन्तर्गत १३९ वटा ग्राम पञ्चायत वार्ड र १५ वटा जिल्ला पञ्चायत रहेको छ।

गान्तोक जिल्लामा जस्तै पाकिम जल्लामा पनि आज पहिलो दिन एकजनाले नामङ्कन भरे। यसरी पाकिम जिल्लापाट पञ्चायत चुनाउको निम्ति नामङ्कन भर्ने पहिलो उम्मेद्वार लाडेन लह्मु भोटिया रहेकी छन्। उनले १५ पाकिम जिल्ला पञ्चायत वार्डबाट नामङ्कन बुझाएकी छन्। जिल्लापाल तथा रिटर्निङ अफिसरले उनको नामङ्कन ग्रहण गरे।

राज्यका अन्य चारवटा जिल्ला सोरेङ, गेजिङ, नाम्ची र मंगनमा भने आज कसैले पनि नामङ्कण बुझाएनन्।

About Author

Advertisement