गान्तोक: आज राजभवनमा राज्यपाल गंगा प्रसादसित भारतीय राष्ट्रिय सहकारी डेयरी संघ (एनसीडीएफआई) का अध्यक्ष मंगलजित राईले शिष्टाचार भेट गरे। यस भेट अवधि अध्यक्ष राईले राज्यपाललाई गत ७ अक्टोबरको दिन राजधानीको मनन केन्द्रमा भारतीय राष्ट्रिय सहकारी डेरी फेडरेशन लिमिटेडद्वारा आयोजित कार्यक्रममा केन्द्रिय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहको बाहुलीद्वारा विमोचित कफी टेबल बुक भेट स्वरूप प्रदान गरे।