घरमा हिलो माटो पस्ने र बाढ़को समस्याले दिक्क भएर जयगाउँवासी सड़कमा ओर्लियो

5bc13c74-7dab-4d80-97fa-ec20f75ba651

कालचिनी- लगातार परिरहेको मुसलधारे बर्षाले भोटाङ पहाड़बाट सोझै जयगाउँको झर्ना बस्ती, हाँसीमारा झोड़ा, डाँड़ागाउँ, सुमसुमे बजार र गोपीमोहन क्षेत्रको बासिन्दाहरूको घरभित्र हिलो माटो र पानी पसिरहेको र एनएस रोड पुरै हिलोमा परिणत भईरहँदा पनि प्रशासनले कुनै पहल नलिएको विरोध गर्दै आज जयगाउँ एनएस रोडमा ओर्लिएर जयगाउँ बासिन्दाहरूले प्रायः 3 घन्टा जति सड़क अवरोध गरेको थियो। भोटाङबाट बगेर आउने लेदो पानी र हिलोले बाटो धानबारी बनेको र प्रत्येक मान्छेको घरभित्र हिलो पानी र माटो पसेर अस्तव्यस्त बनेको एवम् झर्ना बस्तीको प्रायः घरहरू नदीको गर्भमा समाउन आँटेकोले आज स्थानीय बासिन्दाहरू बाध्य भएर जयगाउँ एनएस रोडमा ओर्लिएर पथावरोध गरेको थियो।

यता पथावरोधले वाहन जाम लागेपछि घटनास्थलमा जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा लगायत जयगाउँ २ नम्बर ग्राम पञ्चायत प्रधान छुङकु लामा, तृणमूल नेता अब्दुल मनिक मीयाँ एवम् अन्यान्य नेतृत्वहरु पुगेर अवरोधकारीहरूलाई सम्झाई बुझाई गरेर अवरोध हटाउन सफल भएको थियो। यस सम्बन्धमा जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्माले आपतकालिन राहतको काम शुरु भएको र सिँचाई विभागमा रिपोर्ट दिएको र विस्तारै समस्याको समाधान हुने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement