कालचिनी थाना अन्तर्गत हेमिल्टनगञ्जमा दुईवटा भिन्न भिन्नै चोरीको घटना

3e5ced8a-ddb4-4240-9aa7-96493ba96977

कालचिनी – मंगलबार राती हेमिल्टनगञ्ज मनसातलास्थित एउटा मोबाइल दोकानमा चोरीको घटनाले सनसनी मच्चिएको थियो। प्राप्त जानकारी अनुसार मनसातलास्थित अब्बास अली नामक युवकको मोबाइल दोकानको पछिल्तिरको झ्याल फोरेर अज्ञात चोरहरूले दोकानमा रहेको प्रायः १५ वटा जति नयाँ मोबाइल सेट र ३५ वटा जति पुरानो मरम्मतीको निम्ति ग्राहकहरूले छोड़ेको मोबाइल सेट र सिमकार्ड, मेमोरी कार्डहरू सबै चोरेर लगेको आज दोकान खोल्न जाँदा मात्र थाह लागेको अब्बास अलीले जनाएका छन्। राती ठीकठाक दोकान बन्द गरेर घर गएको र आज बिहान दोकान खोलेर हेर्दा सबै सरसमानहरू चोरी भएको थाह पाएर कालचिनी थानामा यसको जानकारी दिँदा घटनास्थलमा पुलिस पुगेर छानबीन गरेको थियो।

अर्कोतिर हेमिल्टनगञ्ज विवेकनगर क्षेत्रको पद्मा लामाको घरबाट दुईवटा ग्यास सिलिण्डर लगायत काँसा र पितलको भाँड़ा बर्तन, दुईवटा नयाँ ब्ल्याङ्केट, मन्दिर कोठाको तीनवटा बुद्ध भगवानको मूर्ति एवम् अन्यान्य सरसमानहरू सबै चोरी भएको घटना प्रकासमा आएको छ। पीड़ित घरकी पद्मा लामाले आफू उपचारको निम्ति केही दिन अघि सिलगढ़ी बस्दै आईरहेको र घरमा बेला बेला हेरचाहको निम्ति भदैलाई खटाई राखेको तर आज आफू घरमा आएर ताला खोलेर भित्र पस्दा घरभित्र सबै अस्तव्यस्त अवस्था देखिएको र किचनबाट दुईवटा ग्यास सिलिण्डर लगायत पकाईखाने भाँड़ा बर्तन, कोठाको एलईडी टीभी, सोकेसमा राखिएको काँसाको भाँड़ा बर्तन, मन्दिर कोठाको तीनवटा बुद्ध भगवानको मूर्ति, नयाँ कम्बल सबै चोरी भएको देख्दा छाँगोबाट खसे सरह भएको जनाएकी छन्। यस सम्बन्धमा तिनले आज स्थानीय पञ्चायत सदस्य आलोक मित्रको सहयोगितामा कालचिनी थानामा अभियोग दर्ता गर्दै चोरको पतो लगाईदिने र चोरी भएको सरसमानहरू उद्धार गर्न मदत गरिदिने निवेदन गरेकी बताएकी छन। घरमा कोही नभएको थाह पाएर चोरहरूले घरको पछाड़ीबाट भ्यान्टिलेटरबाट पसेर समानहरू चोरी गरेर पछिल्तिरको दैलोबाट निस्केको अनुमान गरिएको घर मालिकनी पद्मा लामाले जनाएकी छन।

यस सम्बन्धमा कालचिनी थानाको पुलिसबललाई गुहार लगाएको र पुलिसले दुईवटा अलग अलग मामिलामा चोरीको अभियोग दर्ता भएको र छानबीन चलिरहेको जनाएको छ। यता हेमिल्टनगञ्ज र कालचिनी क्षेत्रमा चोरीको घटनामा वृद्धि भईरहेको घटनाले स्थानीय बासिन्दाहरूले असुरक्षित महसूस गर्न थालेको छ। गाउँलेहरूले अचेल ड्रग्सखोर केटाहरूको रगरगी बढ़ेकोले चोरीको घटनामा पनि वृद्धि भइरहेको बताएका छन्। यता हेमिल्टनगञ्ज विवेकनगरका भाजपा पञ्चायत सदस्य आलोक मित्रले पुलिसको नाकको डाँड़ीबाटै अचेल चोरीको मामलामा वृद्धि भएको तर पुनि प्रशासनले उचित व्यवस्था नलिएको र अहिले नशाखोर ड्र्ग्स दुर्व्यसन गर्ने युवा जमातको संख्या बढ़िरहेकोले चोरीको घटनामा पनि वृद्धि भएकोले पुलिस प्रशासनले यस विरुद्ध त्वरित कार्रवाई गर्नु पर्ने दाबी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement