सुष्मिता, शिवानी र प्रियाको उपस्थितिमा लगातार चौथोपल्ट लीग च्याम्पियन बन्यो किकस्टार्ट एफसी

IMG_20221012_200859.jpg

१२ अक्टोबरः कर्नाटक वूमन्स सुपर डीविजन फूटबल लीगमा लगातार चौथोपल्ट च्याम्पियन बन्यो किकस्टार्ट फूटबल क्लब। उत्तर बंगालबाट सुष्मिता लेप्चा, शिवानी शर्मा र प्रिया तामाङको उपस्थितिमा किकस्टार्ट एफसी-ले लीग विजेताको खिताब जित्यो। कर्नाटक स्टेट फूटबल एसोसिएशनद्वारा आयोजन गरिने यस लीगमा किकस्टार्ट एफसी-ले यसअघि २०१९-२०, २०२०-२१ र २०२१-२२-को सीजनमा पनि ट्रफी जितेको थियो। यस सीजनमा मिशाका युनाइटेड दोस्रो स्थानमा रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement