१२ अक्टोबरः उत्तर बंगालका युवा गोलकीपर राजा बर्मनको उपस्थितिमा पश्चिम बंगालले 36औं नेशनल गेम्सको फूटबल स्पर्धामा स्वर्ण पदक जित्यो। फाइनलमा पश्चिम बंगालले केरलालाई ५-०-ले पराजित गऱ्यो। यसरी नै लिटन शीलको उपस्थितिमा सर्विसेजको टीमले काँस्य पदक जित्यो। यी दुई युवा फूटबलरको उपलब्धिले उत्तर बंगालको फूटबल जगतमा खुशीको लहर छाएको छ।