इस्लामपुर: इस्लामपुरको कलानागिन क्षेत्रमा चितुवाको आतंक निकै दिनदेखि फैलिएको छ।सर्वसाधारण मानिसहरु चितुवाको आतंकले भयभीत बनेका छन्।
यसै विषयलाई मध्यनजर गरी आज वन विभागका उच्च अधिकारी आफ्नो टोलीसहित चितुवा पक्रनाई कलानगिन पुगेका थिए। बुधबार बिहान रायगञ्ज डिभिजनका सहायक डिभिजनल वन अधिकारी सौगता मुखर्जीको नेतृत्वमा उच्चस्तरीय टोलीले इस्लामपुरको कलानागिन क्षेत्रमा अनुसन्धान थालेको थियो। आज वन विभागको टोलीले चितुवा समात्न त्यस क्षेत्रमा अर्को पिँजडा राख्न निर्देश दिएको छ। रायगञ्ज डिभिजनका सहायक डिभिजनल वन अधिकारी सौगता मुखर्जीले उक्त क्षेत्रमा चितुवाको रहेको आशंका व्यक्त गरेकी छिन्। त्यस क्षेत्रमा चितुवा छ भन्ने विषयमा अनुसन्धान टोलीले विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको छन्। उल्लेखनीय छ, इस्लामपुर थाना क्षेत्रको कलानागिन क्षेत्रका बासिन्दा विगत दुई सातादेखि चितुवाको त्रासमा त्रासित बनेर बाँचीरहेका छन्। आफ्नो धेरै गाईवस्तु हराएपछि गाउँलेहरुले यस क्षेत्रमा चितुवा रहेको दाबी गर्दै आएका छन्। गाउँलेको वन विभागसमक्ष चितुवालाई पक्रेने माग गरेपछि वन विभागले मंगलबार कालनागिन क्षेत्रमा यो पहल शुरु गरेको हो।