खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको गैरी गाउँ क्षेत्रको लामपाते गैरीस्थित हनुमान मन्दिरमा हनुमान जयन्ती पालन गरिएको छ। यस अध्यात्मिक कार्यक्रममा तीनधारे लगायत विभिन्न स्थानहरुबाट आएका भक्तजनको विशेष उपस्थिति रहेको थियो। उक्त हनुमान मन्दिर स्थानीय निवासी शंकर प्रधान र अन्य सहयोगी हातहरुको सक्रियतामा सन् २०१५ सा निर्माण गरिएको थियो। यस मन्दिरको आस्था एवं गरिमा निरन्तर रुपमा वढ्दै गएको हुनाले विशेष पूजा अर्चना गर्न भक्तहरू यहाँ मंगलवार र शनिवार सदैव आउने गरेका छन्।

गाउँ, समाज एवं विश्व शान्तिको निम्ति संकल्प लिएर गरिएको सो धार्मिक कार्यक्रममा श्री सत्य साई सेवा समिति तीनधारेको भजन मण्डलीको तर्फबाट भजन कीर्तन प्रस्तुत गरिएको थियो। यस धार्मिक कार्यक्रममा सहभागी बन्ने सम्पूर्ण महानुभावहरु एवं भत्तजनप्रति आभार प्रकट गरिएको स्थानीय निवासी रबि सुब्बाले बताएका छन्।










