अलिपुरद्वार: बुधवारको दिन रेलवे मजदुरहरूले पूर्वोत्तर फ्रन्टियर रेलवेको अलीपुरद्वार डिभिजन कार्यालयको अगाडि विरोध प्रदर्शन गरे। नौ बुँदे मागहरूको माग गर्दै एनएफ रेलवे मजदुर संघका सदस्यगणले ‘साङ्केतिक अनशन गरे। संस्थाका अञ्चल सचिव विभास जोयादारले पुरानो पेन्सन योजना फेरि शुरु गर्नुपर्ने बताए। एनपीएस ल्याउने विषयमा आफूहरु विरोध गरिरहेको बताउँदै उनले यी मागलाई लिएर आफ्नो संगठनका तर्फबाट देशभर आन्दोलन भइरहेको समेत बताए। श्री जोयादारले पाँचौं तलब आयोगमा बाल हेरचाह बिदा कटौतीको पनि विरोध गरे। उनले आफ्ना माग तत्काल पूरा नभए रेल कर्मचारीले ठूलो आन्दोलन गर्ने बताएम।