खरसाङ: आगामी ५ मईको दिन जीटीए खारेज गरिनेछ कारण बंगालमा भारतीय जनता पार्टीको सरकार बन्नेछ भनी दार्जिलिङका सांसद राजु विष्टले बताएका छन्। उनले बिहीबार खरसाङमा भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाको समर्थनमा आयोजित रैली र नामांकन पत्र बुझाउने कार्यक्रम अवधि पत्रकारहरुलाई सम्बोधन गर्दै भने, जीटीए पहाडको जनताको कुनै समाधान होइन, जीटीए भनेको एउटा समस्या हो। कुनै पनि जातिको उन्मुक्ति चाहान्छौं भने समस्याहरुलाई खारेज गर्नुपर्छ र मात्रै राम्रो सामाधान हुन्छ।’
सांसद राजु विष्टले अघि भने, ४ मईको दिन रिजल्ट आउँछ र मैले तीनवटा घोषणा गरेको छु जसमा पहिलो जीटीए खारेज गर्छौँ। जीटीएलाई केन्द्र सरकारले पनि मान्यता दिएको छैन। जीटीएमा समाधान होइन समस्या मात्रै बढेर गएको छ।’
उनले दोस्रो जीटीएमा २०१७ देखि धेरै भष्ट्राचार बढेको भन्दै त्यसको जाँच आयोग कमिटी गठन हुने र भ्रष्टाचारमा लिप्त हुने सबैलाई जेल हाल्ने बताए। उनले तेस्रोमा पहाडको धेरै संसाधनहरु अवैध रूपमा कब्जा भएको र त्यसको अडिट गराउन कमिटी गठन गरिने बताए। सांसद राजु विष्टले जनताको सम्पत्ति सबै जीटीएले कम्पनीलाई दिएको आरोप लगाउँदै पहाडको गरिमा र स्वभिमान फर्काएर ल्याउने बताए। उनले एसआईआर विषयमा विपक्षीले केवल प्रोपोगान्डा बनाएको र रोडमा आएर कराउनुभन्दा सठीक ठाउँमा गएर रिपोर्ट गर्नु पर्ने बताए। उनले भने, डिलिट हुनेहरुले फारम ६ भरेर बुझाउनु अरु काम म गर्नेछु’
पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले आफ्नो जीतप्रति आशावादी रहेको बताए।










