महान् साहित्यकार गुप्त प्रधानप्रति श्रद्धाञ्जली

IMG-20221012-WA0231.jpg

दार्जिलिङ: नेपाली साहित्यका महान् साहित्यकार तथा कथाकार विद्याका महान श्रष्टा, समकालीन नेपाली कथा लेखनका विशिष्ट शिल्पी ‘युगपरिवोध’ साहित्यिक संगठनका संस्थापक सदस्य गुप्त प्रधानको १२ अक्टोबर २०२२ को दिन अप्रत्याशित रूपमा अकास्मात देहान्त भएको समाचारले हामी हतप्रभ छौं। नेपाली कथा लेखनमा आफ्नै विशिष्ट कथानक र शैलीमा सिद्धहस्त गुप्त प्रधान थुप्रै महत्वपूर्ण सम्मानद्वारा आभूषित रहेका थिए। उनको आकस्मिक देहान्तले नेपाली साहित्यमा अपूरणीय क्षति हुन गएको छ। स्व. गुप्त प्रधानको देहान्तप्रति ‘विकल्प’ (प्रगतिशील नेपाली तथा कला संस्था, दा३र्जिलिङ) आन्तरिक श्रद्धाञ्जली ज्ञापन गर्दछ।

आर. बी. राई
(रत्न बान्तवा)
दार्जिलिङ

About Author

Advertisement