जोर्डन विरुद्ध मैत्री म्याचमा भारतको हार

IMG-20220529-WA0094.jpg

२९ मईः असल शुरुवातपछि म्याचको अन्तिम समयमा गोल खाएर भारत फेरि हारको सम्मुखीन भयो। शनिवार राति कतरको राजधानी दोहाको कतर एससी स्टेडियममा खेलिएको अन्तर्राष्ट्रिय मैत्री फूटबल म्याचमा जोर्डनले भारतलाई २-०-ले पराजित गऱ्यो। म्याचको पहिलो हाफमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि गोलको खोजमा भारतीय प्रशिक्षक इगोर स्टीमाकले टीममा बद्लाउ गर्न थाले। यसै क्रममा नियमित समयको खेल समाप्त हुन लगभग १४ मिनट अघि अहमद सालेहको पासमा अबु अमाराले गोल गरी जोर्डनलाई बढ़त दिलाए। त्यसपछि म्याच समाप्त हुन अघि स्टपेज टाइममा अबु अमाराको एसिस्टमा अबु जरेकले गोल गरी जोर्डनलाई २-०-ले जीत दिलाए। म्याचमा भारतले पनि गोल गर्ने केही असल मौकाहरू पाएको थियो तर फीनिशिंगको कमीले गर्दा गोल हुन सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement