पञ्चायत चुनावको नाममा राज्य सरकारले पहाडवासीलाई ठग्ने काम गरेको छ: विक्रमादि राई

IMG-20221012-WA0299.jpg

दार्जीलिङ: पञ्चायत चुनावको नाममा राज्य सरकारले पहाडवासीलाई ठग्ने काम गरेको आरोप हाम्रो पार्टीले लगाएको छ। दार्जीलिङ पार्वतीय क्षेत्रमा विगत धेरै सालदेखि पञ्चायत चुनाव नभएको कारणले गर्दा पहाडको ग्रामीण क्षेत्रहरूमा पुग्न पर्ने विकाश नपुगेको कारणले गर्दा पहाडको राजनैतिक दलहरू, संघ संस्थाहरू साथै पहाडवासीहरूले पञ्चायत चुनावको मांग गर्दै आईरहेका थिए। गत केही महिना अघि राज्य निर्वाचन आयोग एंव राज्य सरकारले दार्जीलिङ पार्वतीय क्षेत्रमा दुई स्तरीय पञ्चायत चुनावको अधिसूचना जारी गर्दा पहाडको राजनैतिक दलहरूदेखि लिएर संघ संस्था साथै पहाडवासी खुशीले गद गद भएका थिए तर राज्य सरकारले राज्यको पञ्चायत अधिनियमलाई संशोधन गरेका छन् जसमा पहिला तराई क्षेत्रमा ७ सय मतदाताहरूको एक पञ्चायत सदस्य निर्वाचित हुने गर्थ्यो तर अहिले बढाएर ९ सय मतदाताहरूको एक सदस्य बनाएका छन्। त्यसरी नै पहाड २५० मतदाताहरूको क्षेत्रलाई लिएर एक पञ्चायत सदस्य निर्वाचित क्षेत्र बनाएका थिए तर अहिले ७०० मतदाताहरू क्षेत्रलाई एक पञ्चायत निर्वाचन क्षेत्र बनाए को जनाउँदै यो पहाडवासीहरूप्रति ठूलो अन्याय भएको हाम्रो पार्टीको केन्द्रीय संगठनिक सचिव विक्रमादि राईले आरोप लगाएका छन्। दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै संगठनिक सचिव राईले भने, तराई क्षेत्रमा हरेक प्रकारको सुविधाहरू हुँदा हुँदै पनि त्यहा केवल ७ सयदेखि ९ सय मतदाताहरूको एक निर्वाचन क्षेत्र बनाएका छन् तर पहाडको ग्रामीण क्षेत्रहरूमा तराई क्षेत्रहरूमा जस्तो यतायातहरूको सुविधाहरू छैन तर पहाडमा २५० देखि ७०० मतदाताहरूको एउटा निर्वाचन क्षेत्र बनाउनु पञचायत चुनावको नाममा राज्य सरकारले पहाडवासीहरूलाई ठग्ने काम गरेको छ।
उनले पहाडमा विगत धेरै सालदेखि पञ्चायत चुनाव भएको थिएन अनि अहिले पञ्चायत चुनाव हुने पक्का भएको छ। यो अति नै स्वागत योग्य विषय हो तर पञ्चायत चुनावको नाममा राज्य सरकारले पहाडवासीहरूलाई जो ठग्ने काम गर्दैछ,यसको सम्पूर्ण पहाडवासीहरूले विरोध गर्नैपर्छ।पहाडको सबै राजनैतिक दलहरू, संघ संस्थाहरू सबैले यसको विरोध जनाउनै पर्छ भन्ने राईले आह्वान् गरेका छन्। हाम्रो पार्टीको केन्द्रीय संगठनिक सचिव विक्रमादि राईले चिया श्रमिकहरूले २० प्रतिशत पूजा बोनसमा कतिपय चिया बगानहरूमा १५ प्रतिशत वितरण गरेका छन्। कतिपय चिया बगानहरूमा १० प्रतिशतको दरले वितरण गरेका छन्। १५ प्रतिशत पूजा बोनस पाउने चिया श्रमिकहरूले ५ प्रतिशत कहिले वितरण गर्ने,१० प्रतिशत पूजा बोनस पाउने श्रमिकहरूले रहल १० प्रतिशत पूजा बोनस कहिले वितरण गर्ने भन्ने विषयहरूमाथि दवाब बनाउने काम शुरू गर्नुपर्छ भना आह्वान् गरेका छन्। बन्सल कम्पनी अधीनस्थ रहेको चिया बगान मालिकसंग जीटीए चिफ अनित थापाले १० प्रतिशत पूजा बोनस दिलाउने काम गरेका थिए। बन्सल ग्रुप चिया बगानहरूमा कार्यरत श्रमिकहरूले अघिबाटै रोजी र मासिक वेतनहरू पाएका थिएनन्। १० प्रतिशत पूजा बोनसको साटो बाँकी रहेको रोजी र वेतन नै दशै अघि दिलाउन सकेका थिए धेरै राम्रो हुने थियो तर जे होस दशै अघि १० प्रतिशत पूजा बोनस नै भए पनि श्रमिकहरूले पाए हामी खुशी नै छौं तर २० प्रतिशत पूजा बोनसको रहल १० प्रतिशत पूजा बोनस श्रमिकहरूले कहिले पाउने,भागोप्रमो र उसको श्रमिक संगठनले श्रमिकहरूको नाममा गरेको २३ दिनको आन्दोलन रोजी र वेतन साथै बन्सल ग्रुपले श्रमिकहरूले गरेको कामको रोजी र वेतन आदि जस्ता विषयहरूमा अब हामी नै कदम उठाउनु पर्ने स्थिति देखा परेको सचिव विक्रमादि राईले बताए। उनले पहाडको धेरैवटा चिया बगानहरूको अवस्था दिन प्रतिदिन बिग्रन्दै गएको हामीले मिडिया रिपोर्टहरूमार्फत् थाहा पाउँदैछौं र यस्तो स्थितिमा जीटीएको चौकीमा बस्ने राजनैतिक दलले के कस्तो कदम उठाउने??भन्ने प्रश्न पनि राईले तेर्साएका छन्। उनले हाम्रो पार्टी अनि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ जहिले पनि श्रमिकहरूको पक्षमा रहेको छ अनि चिया श्रमिकहरूको पक्षमा जे जस्तो कदम उठाउनु पर्छ त्यो उठाउने छ हाम्रो पार्टीको केन्द्रीय संगठनिक सचिव विक्रमादि राईले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement