अनित थापा नागरी फार्म उमावि भ्रमणमा

IMG-20221012-WA0304.jpg

नागरी फार्म: नागरी फार्म उच्चतर माध्यमिक विद्यालयमा दिर्घदिनदेखि रहेको शौचालयको समस्या अब आएर समाधान हुने सम्भावना प्रबल बनेको छ|दिवंगत प्रतिष्ठित गायक संगीतकार विनोद स्याङ्देनको शुद्धि कार्यमा पुगेका जीटीए प्रमुख कार्यपाल अनित थापा, दिवङ्गत आत्मालाई श्रद्धा अर्पण गर्न आएको समय नागरी फार्म उच्चतर माध्यमिक विद्यालयको परिभ्रमण गर्न आपुगे।कार्यपाल थापाको साथमा जी टी ए सभा अध्यक्ष अन्जुल चौहान, सभासद नोबल बम्जन तथा अन्य सहभागी थिए। स्कुल परिसरमा पुगेका जी टी ए प्रमुख कार्य पाल थापालाई विध्यालयका शिक्षक शिक्षिकाले खदार्पण गरी स्वागत जनाए। यस भ्रमण विषय प्रकाश पार्दै तिनले भने, “मेरो स्कुल भ्रमण अचानक भएको हो। केही वर्ष अघि पनि म कोभिडको समयमा यस स्कुलमा आएको थिए। विद्यार्थीहरूको शौचालयको समस्या रहेको थियो। यहाँ आएको समय त्यही समस्या विषय जानकारी पनि लिए। मैले स्थानीय सभासद्लाई यो विषय कार्य गर्ने निर्देश दिएको छु। “स्कुल परिभ्रमण अघि उनले राङभाङ भ्याल्लीका दिवङ्गत प्रख्यात गायक एवम् संगीतकार विनोद स्याङदेनको घर पुगी श्रद्धा अर्पण गरे। यता विनोद स्याङ्देन् कै कारण यो क्षेत्रलाई मानिसले चिन्छन्”, भनी अन्जुल चौहानले बताए ।चौहाननले जानकारी दिए अनुसार प्रबुद्ध गायक संगीतकार स्याङ्देनको प्रतिभाको सम्मान गर्दै यस क्षेत्रमा उनको प्रतिमा स्थापित गरिनेछ।प्रतिमा निर्माण र स्थापनाको निम्ति जीटिए प्रमुख अनित थापाले सहयोग पुर्याउने भएको तिनले जनाए|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement