पोख्रेबोङ: पोख्रेबोङ राङभाङ भेल्ली क्षेत्रको एकमात्र प्रतिष्ठित सेक्रेट हार्ट आइसीएसई स्कुलले थप एघाह्रौ अनि बाह्रौ(आइएसई)तहको उच्च शैक्षिक ताज पहिरन सक्षम बनेको छ|यस उपलब्धिले आज आएर पोख्रेबोङ भेल्लीको शैक्षिक इतिहासमा नयाँ आयाम थपिन साथै क्षेत्रको शीर नै उच्च बनेको मान्न सकिन्छ|अब यसै स्कुलमा वर्ष २०२३देखि विध्यार्थीहरुलाई विज्ञान,वाणिज्य र कला विषयको व्यवहारिक शिक्षा प्रदान गरिनेछ| आगमी दिनमा क्षेत्रका विद्यार्थी नानीहरुले दशौं कक्षाको परिक्षा उतिर्ण गरेपछि एघाह्रौ अनि बाह्रौं श्रेणीको शिक्षा घरको भात खाएर सहज तरिकाले लिन सक्ने छन्| आइसीएसई गरेपछि नानीहरुलाई आइएसईको निम्ती घरदेखि टाड़ो पठाउने झन्झट तथा समस्यादेखि अभिभावकहरुले राहत पाएको छ भने सेक्रेट हार्टले प्राप्त गरेको शैक्षिक उपलब्धि सबैको निम्ती सुविधा तथा सुनौलो अवसरको कारण बन्न गएको मान्न सकिन्छ| स्कुलले हासिल गरेको यो शैक्षिक उपलब्धिमा स्कुलका शिक्षक, शिक्षिका,अभिभावक,विध्यार्थी साथै शुभचिन्तकहरुको उतिकै सहयोग रहेको जनाउदै निर्देशक विनोद राईले सबैप्रति आभार जताउदै बधाई शुभकामना टक्राएका छन| आइएसई शिक्षा आर्जनको निम्ती अहिलेसम्म अभिभावकवर्ग अनि नानीहरुले आफ्नो क्षेत्रबाट बाहिर गएर जुन समस्या भोग्दै आएको थियो, आगमी दिनमा आएर उक्त समस्याहरुदेखि उनीहरुले निकास पाउने राईले बताए|अबउसो यस क्षेत्रका विद्यार्थी नानीहरुले नजिकै रहेको स्कुलमा गुणस्तरिय उच्च शिक्षार्जन ग्रहण गर्नसक्ने जनाउदै वर्तमानमा स्कुलको प्रमुख जिम्मेवारी भनेको यहाँ अध्ययनरत विध्यार्थीहरुलाई सहि र समय सापेक्ष शिक्षा दिनु रहेको तिनले बताए|