सिलगढी: दुर्गा पूजापछि अब काली पुजाको तयारी सुरु भएको छ। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सिलगढीको गेट बजार नजिकैको युथ क्लबको छेउबाट काली माँको पुजाको तयारी सुरु भएको छ। यो वर्ष क्लबको स्वर्ण जयन्ती वर्ष हो। यस वर्ष क्लबको काली पुजा बुधबार खुन्टी पुजाबाट सुरु भएको छ। सो अवसरमा क्लबका सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो। यसपटक तिनीको विषय ‘प्रार्थना’ हो। ‘विषय बमोजिम पुजा पण्डल र मूर्ति प्रदर्शन गरिने’ क्लबका पदाधिकारीले बताएका छन्।