छठ पुजा कमिटीद्वारा खुट्टी पुजा सम्पन्न

87f6ec07-6fba-4b3c-83f3-b86164ebea42

वीरपाडा- गरगन्डा नदीको घाटमा वीरपाडा सूर्य छठ पुजा कमिटीद्वारा खुट्टी पुजा सम्पन्न गरी घाटको सौन्दर्यकरण कार्य शुभारम्भ गरियो।  आगामी दिनांक ३० अनि ३१ अक्टोबर सम्पन्न गरिने छठी मैयाको पुजाको निम्ति वीरपाडा सूर्य छठ पुजा कमिटीद्वारा पुजा स्थल वा घाटहरूको अग्रिम तयारी शुरू गरिएको छ। वीरपाडा अनि वरिपरिका श्रद्धालुहरूले प्रतिवर्ष गरगन्डा नदी घाटमा भव्यतासित छठ पुजाको आयोजन गर्ने गर्दछन्। जसको निम्ति नदीको बहाव अनि घाटहरूको निम्ति केहि दिन अघिदेखि नै तयारी गर्नुपर्ने हुन्छ। आज बिहान सम्पूर्ण कमिटीको उपस्थितिमा पण्डित मुन्ना पाठकद्वारा पुजा घाटमा खुट्टी पुजा गरियो। कमिटीको सदस्यगण लगायत विशेष अतिथिको रूपमा वीरपाडा थाना प्रभारी पाल्जर भुटिया उपस्थित थिए।

वीरपाडा छठ पुजा कमिटीले उक्त पुजा अनि घाटहरूको सौन्दर्यकरणको निम्ति विभिन्न अधिकारीदेखि अलिपुरद्वार अधिक्षकसम्मलाई अनुमतिपत्र सुम्पेका छन्। आज घाटमा कमिटीका अध्यक्ष मुकेश गुप्ता, उपाध्यक्ष चन्दन शर्मा, अजय प्रसाद,  विजयकुमार साहा, सचिव अर्जुन सिंह, सहसचिव सञ्जयकुमार चौधरी, राजकुमार चौधरी, कोषाध्यक्ष लखिन्दर साहा, सहसचिव ज्युत साहा, मुख्य सलाहकार भारत प्रसाद,  सुरेन्द्र प्रसाद, दशरथ शर्मा आदि उपस्थित थिए।

यस वर्ष पनि विगत वर्ष झै छट पूजा पूर्ण विधिगत तथा विभिन्न कार्यक्रमहरूको अयोजन गरि भव्यतासित अयोजन गर्ने बारे कमिटीले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement