भुटानको पानीका कारण जयगाउँमा भीषण विनाश, मानिसहरू भाग्न बाध्य

IMG_20221012_183614.jpg

अलिपुरद्वार: भुटानको पहाडबाट बग्ने पानी र बालुवाले अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकको जयगाउँमा ठूलो विनाश गरेको छ। जयगाउँ एक नम्बर ग्राम पञ्चायतको डाँडागाउँ क्षेत्रमा धेरै घर माटोले पुरिएका छन्। यस क्षेत्रका मानिसहरू सुरक्षित स्थानतर्फ सरिरहेका छन्। स्थितिबाट आक्रोशित जनताले आज जयगाउँ बस स्ट्यान्डमा सडक जाम गरेर विरोध प्रदर्शन गरेका छन्। गएरातिदेखि भुटान हिमालको माटो र वर्षाको पानी पर्न थालेको स्थानीयले बताएका छन्। यस क्षेत्रका घरघरमा हिलो पानी पसेको छ। धेरै घर माटोले ढाकेका छन्। जेडीए अध्यक्ष गंगाप्रसाद शर्मा र सिँचाइ विभागका अधिकारीहरूले स्थितिको जानकारी लिए। कालचिनी भाजपाका विधायक विशाल लामा पनि घटनास्थलमा पुगेर अवस्थाको जानकारी लिएका थिए। विधायक विशाल लामाले राज्य सरकारप्रति आक्रोश व्यक्त गर्दै प्रशासनको असफलताका कारण डाँडागाउँ क्षेत्रका जनता घरबार छोडेर अन्यत्र बसाइँ सर्न बाध्य भएको बताए। अर्कोतर्फ जेडीए अध्यक्ष गंगाप्रसाद शर्माले विधायकहरू सस्तो राजनीति गर्न आएको बताएका छन्। हामी क्षेत्रको अवस्था सामान्य बनाउन उपायहरू गरिरहेका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement