वीरपाडा – मदारीहाट खण्ड विकास कार्यालयमा अन्तर्राष्ट्रिय बालिका दिवसको उपलक्ष्यमा दुई युवतीहरूलाई सम्मान जनाए। मदारीहाट खण्ड विकास अधिकारी सेरोन तामाङले फुटबल खेल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने शिवन्ती उराँव अनि मालबजारमा आयोजित ‘फेस अफ् जिलिस २०२१ प्रतियोगितामा फेस अफ् जिलिसको खिताब जित्ने रचना शर्मालाई पनि सम्मान जनाए। शिवन्ती उराँवले महिला फुटबल खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्दै आइरहकी छन् । तिनले विभिन्न कल्बहरूको पक्षबाट धैरे टुर्नामेन्टहरूमा आफ्नो कल प्रदर्शन गरिसकेकी छन्।

तिनको खेल प्रतिको प्रतिभा देखेर तिनलाई वर्तमान मदारीहाट पुलिस चौकीले सिभिक पुलिसको पद दिएको छ। रचना शर्मा बीरपाडा महावीर हिन्दी उच्चतर माध्यमिक विद्यालयका एक छात्रा हुन् तिनले ‘ फेस अफ् जिलिस २०२१ को खिताब जितेकी हुनाले उक्त सम्मान दिइयो। उक्त सम्वर्द्धन कार्यक्रममा विकास अधिकारी सेरोन तामाङले दुवैलाई शुभकामना दिएकी छन् भने अन्य युवतीहरूलाई पनि आगामी दिनहरुमा यसरी सम्मान दिने बारे बनाइन्। आज सेरोन तामाङ लगायत रसीदुल आलाम, संयुक्त विकास अधिकारी वुदेस लामा आदि उपस्थित थिए।