महाकाल बाबाको दर्शन गरेर आईजीजेएफ संयोजक अजय एडवर्डसले शुरू गरे चुनाउ प्रचार

IMG-20260331-WA0114(1)

दार्जिलिङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले महाकाल बाबाको पूजा गरेर आफ्नो चुनावी प्रचारको कार्यलाई शुभारम्भ गरेका छन्। मंगलवार इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डस महाकाल मन्दिर पुगेका थिए। त्यस अवधि उनीसँग पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

अजय एडवर्डसले महाकालको पूजा अर्चना गरेपछि आफ्नो चुनावी प्रचार शुरू गरेका छन्। गत २९ मार्चको दिन ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले सोनादाको इन्टेकस्थित नव निर्माण हुन गई रहेको उन्मुक्ति पुलको अन्तिम ढलाईसँगै पार्टी उम्मेद्वारहरूको घोषणा गरेको थियो। जसमा दार्जीलिङ विधानसभा क्षेत्रबाट अजय एडवर्डस,खरसाङ विधानसभा क्षेत्रबाट बन्दना राई,कालेबुङ विधानसभा क्षेत्रबाट भेर्नोन व्रिटो लेप्चा, मतिगढा नक्सलबारी क्षेत्रबाट निमेष सुन्दास, सिलगढी विधानसभा क्षेत्रबाट कृष्ण नन्द सिंहलाई पार्टी उम्मेद्वार घोषणा गरिसकेका छन्। यसबाहेक इण्डियन गोर्खा जनशक्ति फ्रण्टले तराई डुवर्स आदि क्षेत्रका अन्य विधानसभा क्षेत्रहरूबाट पनि पार्टी उम्मेद्वार दिने मन बनाई सकेका छन्। भष्ट्रचारमुक्त दार्जीलिङ पहाड र गोर्खा जातिलाई उन्मुक्ति इण्डियन गोर्खा जनशक्ति फ्रण्टले मात्र दिलाउन सक्ने पार्टीको अडान रहेको जानकारी प्राप्त भएको छ।

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा दार्जीलिङ विधानसभा क्षेत्रको उम्मेद्वार अजय एडवर्डसको चुनावी प्रचार महाकाल मन्दिरमा पुजा अर्चना भएपछि नेरू रोड,गांधी रोड हुँदै शहरको परिक्रमण गर्दै घर दैलाे अभियान चलाए। यस अवधि इण्डियन गोर्खा जनशक्ति फ्रण्टको समर्थकहरूले भष्ट्रचार मुक्त पहाडको नाराहरू लगाएका थिए।

About Author

Advertisement