सडक दुर्घटनामा परेर फाटापुकुर बेलाकोवामा युवकको मृत्यु

Accident-Rep-Image-1

राजगञ्ज: एकजना युवकको सडक दुर्घटनामा परेर मृत्यु भएको छ।यो घटना फाटापुकुरको बेलाकोवा राष्ट्रिय राजमार्गको बुडीमोड संलग्न इलाकामा गएको राती घटेको हो। यस दुर्घटनामा परेर मर्ने युवक सिलगढी १ नम्बर वार्डको साउथ अम्बेडकर कोलनी निवासी ३२ वर्षीय पिन्टु राय प्रामाणिकको रूपमा चिन्हित गरिएको छ। जानकारी अनुसार धेरै दिन अघिदेखि पिन्टुले जलपाईगढी इलाकामा टीभी रिपेरिङ गर्ने काम गर्ने गर्दथे। प्रतिदिन दिन झैं हिजो मङ्गलबार तिनी वाहनमा सवार भएर घरबाट निस्केका थिए भने राती सडक दुर्घटनामा परेर तिनको मृत्यु भएको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार फाटापुर बेलाकोवा राष्ट्रिय राजमार्गको बुडीमोड संलग्न इलाकामा उक्त वाहन सोझै डिभाइडरसित ठोक्किँदा युवक गम्भीर रूपमा घाइते भएका थिए। घाइते अवस्थामा उद्धार गरेर नजिकैको राजगञ्ज अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर वाहन उद्धार गरेर आफ्नो नियन्त्रणमा लिएको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement