जलपाईगुडी बुधवारको दिन मैनागुरीमा एउटा युवकको मृतदेह झुण्डिएको अवस्थामा फेला परेको छ। मैनागुरी खण्डको अमगुरी ग्राम पञ्चायतको नाल्दोबा क्षेत्रमा मंगलबार राति यो घटना घटेको हो।यो घटनापछि यस इलाकामा हलचल मच्चिएको छ। मृतक युवकको नाम बिकी रोय (२२) हो भनी चिन्तित गरिएको छ। राती उनी घरको छेउमा भएको बाँसघारीको बाँसमा झुण्डिएको अवस्थामा फेला परेको थियो। यो घटना प्रकाशमा आएपछि मैनागुडी ग्रामीण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मैनागुडी थानाको पुलिसले शवलाई पोस्टमार्टमको लागि जलपाईगुडी सदर अस्पतालमा पठाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।









