काठमाडौं: तारा एयरको विमान स्थलसँग सम्पर्कविहीन भएको समाचारमा अघि आएको छ। उक्त विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेका छन्। यो विमान पोखराबाट जोमसोम जाँदै थियो। नेपाली सञ्चारमाध्यमका अनुसार यो विमान आज बिहान ९:५५ बजे पोखराबाट उडेको हो। १०.२० बजे अवतरण गर्नु पर्ने थियो। तर ११ बजेपछि अहिलेसम्म यो विमान सम्पर्कमा आएको छैन। यो दुई इन्जिन विमान हो। नेपालको सरकारी टेलिभिजन च्यानलका अनुसार बेपत्ता विमानमा ४ भारतीय, २ जापानी अनि १६ नेपालका नागरिक रहेका छन्। विमानमा चालक दलका सदस्यसहित २२ यात्रु रहेको बताइएको छ। तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले विमानमा क्याप्टेन प्रभाकर घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा सवार रहेको नेपालकै ठूलो सञ्चारमाध्यम कान्तिपुरलाई बताए। पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जहाज टावरसँग सम्पर्कविहीन भएको पुष्टि गरेका छन्। एक अधिकारीका अनुसार यो जहाज एक पटक धौलागिरी हिमालयबाट फर्किएको थियो र त्यसपछि सम्पर्कमा आएको छैन। विमानको खोजीका लागि हेलिकप्टर पठाइएको छ।