भाजपा प्रार्थी सोनाम लामाद्वारा मितिमा चुनाव प्रचार

IMG-20260330-WA0111

सुभाष घिसिङले पहाड र गोर्खा समुदायको पहिचान, अधिकार र आत्मसम्मानका लागि पुर्‍याएको योगदान अतुलनीय छ: सोनाम लामा

मिरिक: खरसाङ विधानसभा समष्टिमा भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले सोमवार मिरिक क्षेत्रमा आफ्नो चुनाव प्रचार गरेका छन्। उनले मिरिकतर्फ चुनाव प्रचारको क्रममा मञ्जु पार्कस्थित स्वर्गीय सुभाष घिसिङको सालिगमा पुगेर उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन। उनले स्वर्गीय सुभाष घिसिङले यस पहाड र गोर्खा समुदायको पहिचान, अधिकार र आत्मसम्मानका लागि पुर्‍याएको योगदान अतुलनीय छ भनी बताउँदै उनको संघर्ष, त्याग र दूरदृष्टिले आज पनि हामीलाई मार्गदर्शन गरिरहेको लामाले बताए। उनले भने, हामी उहाँले देखाउनुभएको बाटोलाई अनुसरण गर्दै उहाँका अधुरा सपना पूरा गर्ने दृढ संकल्प गर्दछौं। यो सुन्दर पहाडलाई समृद्ध, सशक्त र आत्मनिर्भर बनाउनु नै उहाँप्रति साँचो श्रद्धाञ्जली हुनेछ।’

उनले अघि भने, आजको पुस्ताको जिम्मेवारी भनेको उहाँले जगाउनुभएको चेतना र आन्दोलनको भावनालाई जोगाउँदै, विकास, शिक्षा, रोजगारी र स्थायित्वतर्फ अगाडि बढ्नु हो। स्वर्गीय सुभाष घिसिङको सपना केवल एउटा व्यक्तिको होइन, सम्पूर्ण गोर्खा समाजको सपना हो र हामी सबै मिलेर त्यो सपना अवश्य साकार पार्नेछौं।’

About Author

Advertisement