खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले नामांकन पत्र आगामी २ अप्रेलको दिन भर्ने भएको र उक्त दिन खरसाङ विधानसभा समष्टिभरिबाट भागोप्रमोको समर्थकहरु उपस्थित रहने भएको छ। यस विषयमा आज खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा जानकारी गराइएको छ। यस विषयमा आयोजित पत्रकार सम्मेलनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुमन बम्जन, सचिव एवं सभासद प्रणाम रसाइली, भागोप्रमो केन्द्रीय सदस्य एवं सभासद नुरी शेर्पा, युवा शक्ति खरसाङ महकुमा समितिको सभापति प्रेमेन्द्र गुरूङ उपस्थित रहेका थिए। उक्त पत्रकार सम्मेलनमा सभासद एंव खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइलीले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले १ अप्रेल को दिन आफ्नो नामांकन पत्र भर्ने र उक्त दिन खरसाङ विधानसभा समष्टिभरिको विभिन्न स्थानहरुबाट समर्थकहरु आउने भएको जानकारी गराएका छन्। उनले उक्त दिन सबै समर्थकहरु खरसाङ बजारमा भेला भएर खरसाङ बजारमा एक फन्को रैली निकालेर खरसाङ महकुमा कार्यालय जाने बताए। उनले त्यस दिन समर्थकहरु बेसी भेला हुने भएकोले आफ्नो आफ्नो क्षेत्रको लागि गाडी पार्किङको लागि विभिन्न स्थानहरु चिन्हित गरिएको बताएका छन्। उनले यस कार्यको लागि युवा शक्ति खरसाङ महकुमा समितिको सभापति प्रेमेन्द्र गुरुङलाई संयोजक बनाइएको जानकारी गराएका छन्। उनले आज बिहान ट्राफिक व्यवस्थापनको लागि खरसाङको ट्राफिक प्रभारीसित भेटघाट गरेको पनि जानकारी गराएका छन्। महकुमा समितिको सचिव प्रणाम रसाइलीले भने, सबै समर्थकहरु बिहान ९ बजीदेखि खरसाङ बजारमा भेला हुन शुरु हुने र खरसाङ बजारको एक फन्को लगाएर महकुमा शासकको कार्यालयमा पुगेर उम्मेद्वार अमर लामाले नामांकन पत्र भर्ने जानकारी गराएका छन्। उनले खरसाङ विधानसभा समष्टिको विभिन्न स्थानहरुबाट आउने समर्थकहरुका लागि गाडी पार्किङको व्यवस्था विभिन्न स्थानहरुमा गरिएको र यसको लागि उक्त दिनको संयोजक प्रेमचन्द्र गुरुङसित सम्पर्क गर्ने आह्वान् गरेका छन्। उनले बिहान ९ बजीदेखि २:३० बजीसम्म जनसाधारणलाई हुनसक्ने असुविधाको लागि क्षमायाचना गरेका छन्।
उक्त पत्रकार सम्मेलनमा युवा शक्ति खरसाङ महकुमा समितिको सभापति प्रेमेन्द्र गुरुङले पनि समर्थकहरुको सठीक व्यवस्थापन र ट्राफिक व्यवस्थापन साथै पार्किङ विषयमा जानकारी गराएका छन्।










