सनशाइन डबल पूरा, मियामी ओपनमा यानिक सिनर च्याम्पियन

IMG-20260330-WA0082

मियामी: इटलीका स्टार खेलाड़ी यानिक सिनरले मियामी ओपन टेनिस टुर्नामेण्टको खिताब जितेर इतिहास रचे। उनले फाइनलमा चेक रिपब्लिकका जिरी लेहेकालाई ६-४, ६-४-ले पराजित गरे। यस जीतको साथै सिनरले सनशाइन डबल (मियामी ओपन र इण्डियन वेल्स दुवैमा च्याम्पियन बन्नु) पनि पूरा गरे। २०१७-मा रोजर फेडररपछि यस उपलब्धिलाई हासिल गर्ने उनी पहिलो पुरुष खेलाड़ी हुन्। सिनरले यी दुवै टुर्नामेण्टमा एउटा सेट पनि नगुमाइ खिताब जिते। यस्तो गर्ने उनी विश्वका पहिलो खेलाड़ी हुन्। २४ वर्षीय सिनरले केही दिन अघि मात्र इण्डियन वेल्समा पहिलोपल्ट खिताब जितेका थिए अनि यसपाली मियामी ओपन जितेर सनशाइन डबल पूरा गर्ने आठौं पुरुष खेलाड़ी बने। नोवाक जोकोविच र फेडररले धेरैपल्ट यस उपलब्धिलाई हासिल गरेका छन्। जिम कूरियर (१९९१), माइकल च्यांग (१९९२), पीट सम्प्रास (१९९४), मार्सेलो रियोस (१९९८), आन्द्रे आगासी (२००१), फेडरर (२००५-०६) र जोकोविच (२०११, २०१४-१६) ती खेलाड़ीहरू हुन्, जसले सिनरभन्दा अधिक सनशाइन डबल पूरा गरेका थिए। यस विशेष उपलब्धिलाई हासिल गरेपछि सिनरले भने, यसबारे मैले कहिले सोचेको थिइनँ कारण यसलाई हासिल गर्नु मुश्किल छ। यसैकारण म आफ्नो उपलब्धिसँग खुशी छु। यसरी सिनरले एटीपी मास्टर्स १००० स्तरमा लगातार ३४ सेट जितेर आफ्नो असाधारण रेकर्डलाई अघि बढ़ाए, जुन गत वर्ष पेरिस मास्टर्सबाट शुरु भएको थियो। यसरी मियामी ओपनमा महिला एकलको खिताब आर्यना सबालेंकाले जितिन्। उनले पनि सिनरले जस्तै आफ्नो सनशाइन डबल पूरा गरिन्। बेलारुसकी सबालेंकाले महिला एकलको फाइनलमा अमेरिकाकी कोको गौफलाई ६-२, ४-६, ६-३-ले पराजित गरेकी थिइन्। यसरी एटीपी र डब्ल्यूटीए खेलाड़ीले एकै सालमा सनशाइन डबल पूरा गरेको यो केवल चौथोपल्ट हो। सबैभन्दा पहिला यो चमत्कार १९९४-मा भएको थियो। त्यस समय सम्प्रास र स्टेफी ग्राफले इण्डियन वेल्स र मियाममी ओपनको खिताब जितेका थिए। त्यसपछि २००५-मा फेडरर र किम क्लाइस्टर्सले अनि २०१६-मा जोकोविच र भिक्टोरिया अजारेंकाले यस उपलब्धिलाई हासिल गरेका थिए। एटीपी ऱ्याङकिंगमा सिनर अहिले शीर्ष स्थानमा रहने कार्लोस अल्काराजभन्दा केवल ११९० पोइण्ट्स पछि रहेका छन्। यसरी २४ वर्षीय लेहेका आफ्नो करियरमा पहिलोपल्ट एटीपी मास्टर्स १००० फाइनलमा पुगेका थिए।

About Author

Advertisement