खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर २० को बुथ नम्बर २१२ मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बुथ कमिटी गठन गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटीकोे पहलमा आगामी चुनावको निम्ति लगातार बुथ कमिटी गठनको कार्यलाई निरन्तरता दिन्दै खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर २० दोकानडाँडा ग्राम सुधार समिति भवनमा बुथ स्तरीय चुनाव कमिटी गठनार्थ सभा सम्पन्न भयो। उक्त सभा दोकान डाँडा ग्राम सुधार समितिका कार्यवाहक अध्यक्ष छिरिङ लेप्चाकोे अध्यक्षतामा सभा सम्पन्न भएकोे थियो। सभाको सञ्चालन खरसाङ टाउन कमिटीका कार्यवाहक अध्यक्ष तथा समितिका सह सचिव सन्दिप बलले गर्दैै वार्डमा भएका विकासमूलक कार्यहरुसँग उपस्थित वार्डका सदस्यहरूलाई अवगत गराएका थिए। उनले आगामी विधानसभा चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी अमर लामालाई ममबत्तीको चिन्हमा भोट दिएर बिजय गराउन भनी भोट अपिल गरे। सभामा खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनले उपस्थित नेतृत्वहरुसँग परिचय साँट्दै आफ्नो वक्तव्य राखेका थिए।सभामा वक्तव्य राख्ने क्रममा क्रमशः महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, २९ नम्बर समष्टिका सचिव भक्तिमान तामाङ, टाउन कमिटी युवा शक्तिका अध्यक्ष बन्धन लामा, टाउन कमिटी नारी शक्तिकी कार्यवाहक सचिव प्रियंका तामाङ, ग्राम सुधार समितिका सचिव नरेन मोक्तान तथा केन्द्रीय सदस्य तथा खरसाङ महकुमा क्षेत्रका चुनाव प्रभारी समीरदीप ब्लोनले वक्तव्य राखेका थिए। सभामा बुथ नम्बर २१२ कोे निम्ति बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। सभामा खरसाङ महकुमा समितिका उपाध्यक्ष शंकर रावत, टाउन कमिटीका अध्यक्ष राजु शर्मा, उपाध्यक्षद्वय सन्तोष परी, संजय मुखिया, सह सचिव रमोद गुरुङ, सह प्रचार प्रसार सचिव रवि तोलंगी, कोषाध्यक्ष राजेन प्रधान, टाउन कमेटी नारी शक्तिका अध्यक्ष देवकी प्रधान सुब्बा, उपाध्यक्ष संध्या थापा, उपाध्यक्ष अमित लामा, कार्यकारिणी सदस्य सुजन थापा, गोर्खा साँस्कृतिक संस्थाकी अध्यक्षा आशा मुखिया लामा लगायत समाजका सदस्यगण उपस्थित थिए।










