सिलगढी: एनएफ रेलवे मजदुर संघको सिलगढी शाखाका सदस्यहरू नयाँ पेन्सन योजना खारेज गरेर पुरानो पेन्सन योजना लागु गर्नेपर्ने लगायत विभिन्न मागहरूका लागि आजदेखि अनशन शुरु गरेको छ। आज युनियनका सदस्यहरूले आफ्ना विभिन्न मागहरूका लागि सिलगढीको जंक्शन रेलवे स्टेशन अगाडि धर्ना दिए। समूह सी मा स्तरोन्नति, रेल क्वार्टर मर्मत गर्नुपर्ने उनीहरुको मुख्य माग रहेको छ। यी मागलाई लिएर रेलवे मजदुरहरूले ६ घण्टा अनशन पनि गरेका थिए। एनएफ रेलवे मजदूर संघका केन्द्रीय उपाध्यक्ष प्रशान्तकुमार धरले सञ्चारकर्मीसँगको कुराकानीमा नयाँ पेन्सन योजना खारेज गरी पुरानो पेन्सन योजना तत्काल लागु गर्नुपर्ने बताए। रेलवेको निजीकरण बन्द गर्नुपर्छ साथै उनले माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। अर्कोतर्फ एनएफ रेलवे मजदुर संघको न्यु जलपाइगढी शाखाले पनि यी मागहरूलाई लिएर रेलवेको न्यू जलपाइगढी क्षेत्रीय कार्यालयमा धर्ना दिए।