चालक पुलिस कस्टडीमा
सोनादा: सोनादादेखि केही पर गोराबारी नजिक बतासिया खोलामा एउटा टाटा सुमो दुर्घटनाग्रस्त बनेको छ। डब्ल्युबी ७८-३२९४ नम्बरको सुमो गाड़ी दार्जीलिङबाट सिलगढी गईरहेको समय दुर्घटनाग्रस्त भएको छ। उक्त टाटा सुमो गाड़ीमा दुईजना यात्री र चालक रहेका थिए। यस दुर्घटनामा भक्तबहादुर थापा नाम भएको एकजना यात्रीको मृत्यु भएको छ। त्यसरी नै अर्को यात्री कुमार ठकुरी अस्पतालमा उपचाराधीन अवस्थामा रहेका छन्। गाड़ीको चालक पुलिसद्वारा पक्राउ गरी अहिले पुलिस कस्टडीमा रहेको पुलिस सुत्रले बताएका छन्।