रामनवमीमा मोदीको निर्णय: पेट्रोल-डिजल एक्साइज ड्युटीमा ठूलो कटौती, भाजपा अध्यक्षले धन्यवाद ज्ञापन गरे

n706221235177463402891158e1ff6a513901c439230ff1ce953f291ede84dcbe67983b7f44cf574e3ceb07

गान्तोक: रामनवमीको शुभ अवसरमा भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डी.आर. थापाले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गहिरो आभार व्यक्त गरेका छन्। अध्यक्ष थापाले जनतालाई राहत दिन केन्द्र सरकारले पेट्रोल र डिजलमा भारी कटौती गर्ने साहसिक निर्णय लिएको बताए।
प्रेस विज्ञप्तिमा थापाले पश्चिम एसियामा जारी तनावका कारण कच्चा तेलको मूल्य प्रति ब्यारेल लगभग ७० डलरबाट १२२ डलर पुगेको जानकारी दिएका छन्। यसबीच केन्द्र सरकारले पेट्रोलमा एक्साइज ड्युटी प्रति लिटर १३ रूपियाँबाट घटाएर ३ रूपियाँ र डिजलमा १० रूपियाँबाट शून्य गरेको छ।
थापाले दक्षिणपूर्व एसिया, उत्तर अमेरिका, युरोप र अफ्रिकाका धेरै देशहरूले इन्धनको मूल्य २०–५० प्रतिशत बढाएको भए पनि भारतले प्रधानमन्त्री मोदीको नेतृत्वमा आम नागरिकलाई कठिनाइबाट जोगाउन स्वयं भार वहन गर्ने निर्णय लिएको बताएका छन्।
भाजपा अध्यक्षले डिजल र एटीएफमा निर्यात शुल्क लगाएर घरेलु उपलब्धता सुनिश्चित हुने र नाफाखोरी रोकिने दाबी गरेका छन्। उनले यस निर्णयले सिक्किमको घरपरिवार, यातायात व्यवसायी र सम्पूर्ण अर्थतन्त्रलाई राहत प्रदान गर्ने र प्रधानमन्त्रीको ‘सबका साथ, सबका विकास, सबका विश्वास’ प्रतिबद्धता झल्काउने विश्वास व्यक्त गरेका छन्।

About Author

Advertisement